कास्कीको मादी गाउँपालिका–११ सैमराङमा आफैँले पालेको राँगाले हान्दा बिहीबार ४९ वर्षीय भीमबहादुर काफ्ले गम्भीर घाइते भएका छन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
राँगालाई एक राउण्ड गोली प्रहार गरी मारिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।








































