किशोरीमाथि सामूहिक बलात्कार, तरुण दलका नगर संयोजक पक्राउ

353

डडेल्धुरा- डडेल्धुरामा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ।

पशुराम नगरपालिका ५ बस्ने एक किशोरीलाई स्थानीय २ युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

असोज ९ गते राति अनन्ते मेलाबाट घर आउने क्रममा पशुराम नगरपालिका ५ पोखरी बस्ने अन्दाजी २८ वर्षीय वीरबहादुर बोहरा र सोही नगरपालिका १० कुरमुल्लेका अन्दाजी २३ वर्षीय शिवशंकर जोशीले सामूहिक बलात्कार गरेको जाहेरी आएको जिल्ला प्रहरी डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए।

आरोपीमध्ये बोहरालाई प्रहरीले प्रक्राउ गरी जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा मुद्दा दर्ता गरिसकेको छ भने जोशी फरार छन्। घटना ९ गते रातिको भए पनि किशोरीले घरपरिवारलाई ढिलो बताएकले ३ दिनपछि शुक्रबार मात्र प्रहरीमा जाहेरी आएको हो।

प्रक्राउ परेका बोहराको बारेमा थप अनुसन्धान गर्न जिल्ला अदालत डडेल्धुराले १० दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ। फरार जोशीको इलाका प्रहरी कार्यालय जोगबुडा र जिल्ला प्रहरी कार्यालय डडेल्धुराको संयुक्त टोलीले खोजीकार्य गरिरहेको प्रहरी निरीक्षक साउदले बताए। आरोपी बोहरा नेपाली कांग्रेस निकट तरुण दलको परशुराम नगर संयोजक हुन्।

Source link