सुदिन दोङ\सञ्जीब दुलाल
काठमाण्डौं । तामाङ चलचित्र संघको १० औं बार्षिक साधारण सभा तथा पाँचौं राष्ट्रिय महाधिबेशनबाट चर्चित कलाकार एवं खलनायक विकु थोकर अध्यक्षमा विजयी हुनु भएको छ ।
२०३८ साल भाद्र १२ गते काभ्रेपलान्चोक जिल्ला साविक कटुञ्जे गाविस वडा नम्वर ६ चिसा पानी हाल रोशी गाउँपालिका ६ मा जन्मनु भएका थोकर तामाङ चलचित्र संघका अध्यक्षका रुपमा विजयी हुनु भएको हो ।
बुबा दमै सिंह तामाङ र आमा काँईली तामाङको कोखबाट साँईला छोराका रुपमा जन्मनु भएका थोकर हाल तामाङ चलचित्र क्षेत्रमा उदाहारणीय कलाकारका रुपमा रहनु भएको छ ।
२०६० साल देखि कलाकारिता क्षेत्रमा लाग्नु भएका थोकरले दर्जनौ चलचित्रमा आफ्ना अभिनय प्रस्तुत गरिसक्नु भएको छ । थोकर दादाका रुपमा चिरपरिचित थोकरलाई उहाँका गुरु सञ्जय बलद्वारा निर्देशित चलचित्र “नाङला खी” बाट तामाङ चलचित्रमा प्रवेश गर्नु भएको थियो ।
चलचित्र मायासे लासी २, ह्यूल्ला कानून , ङाला माया , म्हाङ प्वाँहर लगायतका चलचित्रमा आफ्नो अभिनय प्रस्तुत गरिसक्नु भएका थोकर तामाङ चलचित्र जगतमा बहुचर्चित कलाकारका रुपमा चिरपरिचित रहनु भएको छ ।
स्वदेश तथा विदेशमा करिव ५ सय भन्दा बढी स्टेज सो गरिसक्नु भएका थोकरले तामाङ संस्कृति कलाकारीता एवं धर्म संस्कारको प्रचार प्रसार एवं जगर्नेकालागि योगदान दिदै आउनु भएको छ ।
स्टेज सो होस् वा चलचित्र या टेलिसिरियल आदिका माध्यमबाट दर्शकहरुलाई भरपुर मनोरञ्जन दिदै आउनु भएका थोकर हाल कान्तिपुर टेलिभिजनबाट प्रर्दशन भई रहेको रिसानी माफबाट निकै लोकप्रिय हुनु भएको छ ।
चलचित्रहरुमा खलनायकका रुपमा आफ्नो अलग्गै पहिचान बनाउनु भएका विकु थोकर तामाङ चलचित्र संघको तेस्रो राष्ट्रिय महाधिबेशनबाट कार्यसमितिमा सदस्यका रुपमा चयन हुनु भएको थियो ।
चौंथो महाधिवेशवाट उपाध्यक्षका रुपमा कार्यरत रहनु भएका उहाँ आदिवासी जनजाती चलचित्र संघको तेस्रो अधिवेशनबाट संघीय प्रदेश सदस्य र चौँथो अधिवेशनबाट उपाध्यक्षका रुपमा कार्यरत रहँदै आउनु भएको छ ।
आदिवासी चलचित्रको उत्थानका लागि कदम चाल्दै आउनु भएका अनुभवी एवं चर्चित खलनायक तथा समाजसेवी विकु थोकर पाँचौं महाधिवेशबाट सर्वसम्वत रुपमा अध्यक्षका रुपमा आउनु भएको छ ।
थोकर फिल्मस् प्रालिको प्रोपराईटर रहनु भएका उहाँ साल भञ्ज्याङ रिसोर्ट एण्ड लजका प्रोपराईटर , थोकरर्स बुद्द चित्त माला एण्ड रुद्राक्ष माला सप्लायर्सको प्रोपराईटर, साथै विभिन्न संघ संस्थामा सेवा गर्दै आउनु भएका उहाँ तामाङ भाषा साहित्य एवं कलाकारीतालाई संरक्षण एवं सर्वधनकालागि लागी पर्नु भएको छ ।
चलचित्रमा खुँखार एवं भयानक खलपात्रका रुपमा अभिनय अभियानमा देखिदै आउनु भएका थोकर मनका भने धनी मानिसमा पर्नु हुन्छ । आफूले कमाएको केही हिस्सा दिन दुःखीको सहयोगमा सेवा पुर्याउँदै आउनु भएको छ ।







































