Home समाचार क्लिन काष्ठमण्डपको सफाई अभियान २७ पुसदेखि
काठमाडौं । १७ वर्षिय युवा अभियन्ता केपी खनालको अग्रसरतामा गठन गरिएको क्लिन काष्ठमण्डप अभियानले २७ पुसमा राजधानीको कोटेश्वर तिनकुनेदेखि माइतीघरसम्म वृहत सरसफाई अभियान शुरु गर्ने जनाएको छ ।
विभिन्न क्षेत्रका सफाइ अभियन्तालगायत राजधानीवासीको सहभागितामा हुने सो सफाइ अभियानमा बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पुस २९ गते भृकुटीमण्डपबाट १० औं हजार जनसहभागितामा सरसफाईबारे जनचेतना अभियान शुरु गर्ने युवा अभियन्ता खनालले बताए ।
क्लिन काष्ठमण्डप अभियानबारेमा विभिन्न वक्ताले आआफ्नो ठाउँबाट सहयोग गर्ने उल्लेख गर्दै मन्दीरैमन्दीरको सुन्दर शहर पछिल्लो समयमा फोहोरैफोहोरले भरिएको हुँदा राजधानीवासीले नै आआफ्नो घरकोठाबाट सफाइ अभियान शुरु गर्नुपर्ने कुरामा जोड दिएका थिए ।
Related