खाँदबारीमा १६ किलोमिटर दुरीको पानी दमकलबाट वितरण

80

संखुवासभा, (खाँदबारी) । खाँदबारी नगरपालिकाले खाँदबारीबाट १६ किलोमिटर टाढा रहेको सभाखोलाको पानी २ वटा दमकल र साना पानी ट्यांकरबाट वितरण गरेको छ । नगरपालिकला गत शुक्रबारबाट स्थानीय बजारबासीलाई पानी वितरण सुरु गरिएको हो । सुख्खा लागेर पानीको मुहान सुकेपछि दमकबाट पानी वितरण गरेको छ । नगरपालिकाले खोलाको पानी ल्याएर दमकलबाट पानी वितरण थर्न शुरु गरिएको खाँदबारी नगरपालिकाले जनाएको छ । नगर प्रमुख महेश थपलियाका अनुसार दमकलबाट ल्याइएको पानी टोलटोलमा लगेर आवश्यकता अहनुसार वितरण भइरहेको छ । सुख्खा मौसल लागेपछि भएका पानीको मुहान सुक्दै जाँदा नगरपालिकाले वैकल्पिक उपायबाट नगरबासीलाई पानी वितरण गरिएको हो ।
नगरपालिकाले खाँदबारीमा रहेको सेनाको ब्यारेकको एक लाख लिटरको ट्यांकीमा पनि पानी संकलन सुरु गरेको उहाँले स्पष्ट पार्नुभयो । शुक्रबारबाट दैनिक ३० देखि ५० हजार लिटर पानी खाँदबारीका टोलटोलमा दमकलबाट पु¥याइएको छ ।
उहाँले भन्नुभयो, “खाँदबारीमा ल्याइएका खानेपानीका मुहान सुकेकाले नगर क्षेत्रमा यतिबेला पानीको हाहाकार भएको छ ।, पानी सुकेपछि संखुवासभाको खादबारी नगरपालिकाले खोलाको पानी ल्याएर दमकलबाट पानी वितरण सुरु गरेको छ ।”