खाना पकाउन सक्ने स्काउटलाई ब्याच प्रदान

605

काठमाडौं । विद्यार्थीलाई अनुशासित, स्वावलम्वी र आत्मनिर्भर बनाउने व्यवहारिक शिक्षाको रुपमा रहेको स्काउटिंग अन्तर्गत बेबिलोन नेशनल स्कुलका स्काउटहरुले विद्यालय हातामा खाना पकाएर आफ्ना गुरुहरुलाई खुवाएका छन् ।

७ वटा स्काउट समूह बनाई २ घण्टा समय दिएर आयोजित विहानको नास्ता र खाना पकाउने प्रतियोगितामा छात्राहरुको टोलीले पहिलो र दोस्रो पुरस्कार पायो भने छात्रको टोलीले तेस्रो पुरस्कारमा चित्त बुझाउनु पर्यो ।

स्काउट गुरु रन्जनलाल श्रेष्ठको नेतृत्वमा रहेको बेबिलोन स्काउट ट्रुपद्धारा आयोजित सो प्रतियोगिताका विजयी टोलीलाई विद्यालयका प्रिन्सिपल राजु राईले पुरस्कार तथा सहभागी सबैलाई कुकिंग दक्षता ब्याच वितरण गरे ।

अनुशासनमा समूहमा बसेर काम गर्ने, समयको पालन गर्ने, आफ्नो खाना आफैं बे तरीका सिकउोन र सरसफाईलगायतमा जोड दिने सो प्रतियेगिताको उद्धेश्य रहेको थियो ।