Home समाचार खानेपानी विवाद हुँदा गाउँगाउँ विच द्दोण्द, विवादले सडक नै अवरुद्द
रामेछाप । साविक को खनियपानी गाविस हाल सुनापति गाउँपालिका वडा नं ३ खनियपानी भीरकोट र खाँडादेवी गाउँपालिका वडा नम्वर १ राकाथुम धारापानीको विचको खानेपानी विवादले सडक अवरुद्द गर्दा मानवीय संकट उत्पन्न भएको छ ।

आज भन्दा ५वर्ष अगाडी २०६९ सालतिर केहि व्यक्तिलाई विभिन्न आर्थिक प्रलोभनमा पारि सुरूङखोलाको पानीलाई आँप बोटसम्म बाख्रा पालनको लागि भनि मञ्जुरीनाम गराई लगिएको थियो तर पछि किर्ते गरि धारापानी गाविसको लागि पानीको मुहान दर्ता गरिएको स्थानीयले चालपाएपछि स्थानियस्तरमा हँगामा भएको हो ।
उक्त हँगामाले केहि सामान्य रुप मात्र नलिई गाउँ गाउँ विचमा मनमुटाव एवं द्दोण्दको वातावरण संगै बाटो नै बन्द गर्ने काम भएको स्थानिय बावुराम तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त विवादले ठुलो रुप लिँदा स्थानिय स्तरमा मानवीय संकट नै उत्पन्न भएको छ यसको समाधान समयमा नभएमा यसले विकराल स्वरुप लिन सक्ने छ ।
उक्त स्थलमा मिति २०७४ भाद्र २ गते देखि खनियापानी साविक गाविसका स्थानिय वासिन्दाले पानीको मुहान बन्द गरेको विषयले सुरू भएको विवादले मिति ५ गते बाट धारापानीले खनियापानी जाने सडक खण्ड नै अवरुद्द गरि बाटोमा टाँगो राखी चेतावनी स्वरुप बाटो बन्दको सुचना नै राखिएको छ ।
सुनपती गाउँपालिका सदस्य हरि मया श्रेष्ठले राकाथुम बाट भिरकोट जाने बाटो बन्द गरेको भनी सुचना नै टाँस हुँदा गाउँ गाउँ विचमा द्दोण्दको वातावरण श्रृजना भएको स्थानिय वताउँछन् ।
बन्द रहेका सडकको विवादले मानवीय संकट उत्पन्न भै मानवीय क्षति हुनुअगाबै बन्द रहेका सडकलाई सुचारू गरि भाईचाराको सम्बन्ध कायम गराउन दुवै गाउँपालिकाका अध्यक्षलाई वावुराम तामाङले अनुरोध गर्नु भएको छ ।
Related