गोजु-रियो कराँतेको उपाधी भक्तपुर मेन डोजोलाई

415

भक्तपुर । गोजु-रियो कराँतेको उपाधी भक्तपुर मेन डोजोले उचालेको छ ।

नेपाल गोजु–रियो कराँते भक्तपुर द्वारा आयोजित तेस्रो उपत्यका ब्यापी करांते प्रतियोगिताको उपाधी भक्तपुर मेन डोजोले उचालेको हो ।

६ स्वर्ण दई रजत र ३ कास्य सहित भक्तपुर मेन डोजोले उपत्यका ब्यापी कराँते प्रतियोगिताको उपाधी हात पारेको हो ।
यस्तै भक्तपुर गोजु –रियो डोजोले ५ स्वर्ण सात रजत १६ कास्यका साथ दोस्रो हुन् सफल भएको थियो ।


प्रतियोगितामा ४ स्वर्ण १ रजत र एक कास्यका साथ सिफल एकेडेमी डोजो तस्रो भएको थियो भने १ स्वर्ण १ रजत र ७ कास्यका साथ आरक्षण एकेडेमी डोजो सुडाल चौंथो भएको थियो ।


भक्तपुरको सूर्यविनायकमा आयोजना भएको उक्त प्रतियोगितामा विभिन्न तौल समूहमा पुरुष तर्फ ८ र महिला तर्फ ८ तौल समूहमा खेल खेलाईएको थियो ।

खेलको उद्घाटन सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले गर्नुभएको थियो भने खेलको समापन तथा पुरस्कार वितरण नेपाली काँग्रृेस भक्तपुरका सचिव निशान ढुङ्गेलले गर्नुभएको थियो । ढुङ्गेलले खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै यदि एकै नेपालीले पनि विश्व विजय गर्न सक्छ भने त्यो केवल खेलको माध्यमबाट सम्भव छ, विभिन्न एकल खेलको विकास गर्न सके नेपालीले हरेक विद्यामा विश्व विजय गर्न सक्ने उल्लख गर्दै एकल खेलको विकासमा सवैले साथ दिनु पर्नेमा जोड दिनुभयो ।
खेल डव्ली के एफको नियम अनुसार नै खेलाईएको खेलका संयोजक एवं कार्यक्रमका सभापती सानुकाजी नगरकोटीले जानकारी दिनुभयो ।