

प्रशिक्षितहरूलाई शुभकामना दिँदै प्रशिक्षक धर्म मुनिकारले यो आफ्नो १२० औँ स्थानको प्रशिक्षण भएको जानकारी दिनुभएको थियो । देश भर विभिन्न स्थानमा गएर आफूले बाँसुरी बाजाको प्रशिक्षण दिँदै आएको उहाँले बताउनुभएको थियो । २०५७ सालबाट बाँसुरी बाजा , पछिमा खिं धिमे, बय खिं, कोचाखिंको प्रशिक्षण दिँदै आएको उहाँले जानकारी दिनुभएको थियो ।
कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र तथा प्रशिक्षक धर्म मुनिकारलाई सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रमको सभापतित्व खलःका अध्यक्ष लक्ष्मी भक्त खाताखोले गर्नुभएको थियो भने कार्यक्रम संचालन खलःका सदस्य शेर वहादुर ङाखुसीले गर्नुभएको थियो ।