चलचित्र चि मुसी चि’को ट्रेलर रिलीज भएको छ । नायकद्वय सुनिल क्षेत्री र शुसान्त कार्कीको टक्कर ट्रेलरमा देखाइएको छ । निर्देशक दिनेशले ट्रेलर सस्पेन्स साथै थ्रिलर रहेको बताउदै फिल्म निकै राम्रो बनेको र दर्शकले
मन पराउने प्रष्टाएका छन् ।
यस फिल्मबाट नायक सुनिल र नायिका अलिशाले डेब्यू गर्दैछन् । उनीहरुको डेब्युले फिल्मलाई कतिको सफलता
दिने हो त्यो भने रिलिज भयपछी थाहा हुनेछ । सुनिल र अलिशा दुबै नृत्य क्षेत्रमा चर्चित छन् । अरुण कुमार गुरुब, महेश्वर खत्री, सुवास भुर्तेल, डब बहादुर गुरुब निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज
कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् । सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको
फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपाने ले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन् । चलचित्र श्रावण ११ गते रिलीज हुँदैछ









































