मकवानपुर । मकवानपुरमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका छन् ।
मकवानपुरकाे राक्सिराङ गाउँपालिका वडा नम्वर ७, दगुवाङमा जंगली च्याउ खाँदा पाँच जना बिरामी भएको प्रहरीले जनाएको छ ।
स्थानीय बल बहादुर प्रजा, उनको ४५ वर्षीय श्रीमती जालिमाया प्रजा, १५ वर्षीय छोरी रेन्जु प्रजा, ८ वर्षीय सविना प्रजा र १० वर्षीय छोरा सुशल प्रजा जंगली च्याउ खाँदा बिरामी भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
उनीहरुलाई चितवनको भरतपुर उपचारको लागि पठाइएको प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार बलबहादुरको अवस्था गम्भीर र अन्यको मध्यम रहेको छ ।








































