बिर्तामोड : झापाको मेचीनगर-६ स्थित साठी बिघा भन्ने स्थानमा आगलागी हुँदा एक दर्जन घर जलेर नष्ट भएका छन्।
बिहीबार राति करिब ८ बजेबाट सुरु भएको आगो नियन्त्रण बाहिर छ।
आगो नियन्त्रणका लागि मेची नगरपालिकाको दम कलसहित स्थानीय र सुरक्षाकर्मी परिचालन भएका छन्।
अगालागीबाट मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ।
ग्यास सिलिण्डर पट्किएर आगलागी भएको स्थानीयले बताए पनि आगलागिको कारण खुल्न सकेको छैन।
एक मात्र दमकल भएकाले आगो निभाउन समस्या भएको प्रहरीको भनाइ छ।







































