भक्तपुर । टिपरको ठक्करबाट भक्तपुरमा मोटरसाइकल चालकको मृत्यु भएको छ। बिहीबार राति साढे ९ बजे तीनकुने-सुर्यबिनायक सडक खण्डको राधेराधेमा बा ३ क १७४५ नम्बरको टिपरले काठमाडौंबाट भक्तपुर जाँदै गरेको बाग्मती प्रदेश ०२-०३५ प ८०८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको राती नै मध्पुर अस्पतालमा मृत्युु भएको प्रहरीले जनाएको छ । मृत्युु हुनेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-५ का ४३ वर्षीय उद्वव प्रसाद नेपाल रहेका छन् ।
टिपर चालक मकवानपुरको मनहरी गाउँपालिका-१ घर भइ काठमाडौंको बौद्ध बस्ने ३५ वर्षीय बोलमान वाइबालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।








































