टुडिखेलमा आयोजना हुने ल्होछार महोत्सब ब्यवस्थापनकालागि उपसमितिहरु निर्माण

418

काठमाण्डौं । यहि माघ २१ र २२ गते टुँडिखलमा हुने ल्होछार कार्यक्रम ब्यबस्थानका लागि बिभिन्न उपसमितिहरु निर्माण भएका छन् ।

नेपाल तामाङ घेदुङको संयोजकत्वमा फाग ढ्वा ल्हो २८५५ औं सोनाम ल्होछार मुल समारोह समिती गठन भए सँगै ल्होछार महोत्सब सफल पार्न विभिन्न उपसमितिहरु पनि निर्माण भएका छन् ।

आयोजक मुल समितिले ल्होछार भब्यताका साथ सम्पन्न गर्नका लागि बनाएका उपसमितिहरु निम्नानुसार रहेका छन् ।
उपसमितिहरु : प्रचार प्रसार उपसमिति, साँस्कृतिक कार्यक्रम उपसमिति यसमा तामाङ चलचित्र संघ नेपाल , नेपाल तामाङ सँस्कृति घेदुड, नेपाल तामाङ राष्ट्यि घेदुङ, नेपाल तामाङ कलाकार संघले साथ र सहयोग गर्ने छन् । यस्तै स्वयमसेवक उपसमितिमा नेपाल तामाङ युवा घेदुङ, नेपाल तामाङ विद्यार्थी घेदुङ, नेपाल तामाङ राष्ट्रिय विद्यार्थी घेदुङ रहेका छन् । अन्य उपसमितिमा मञ्च सजावट उपसमिति ,स्टल ब्यवस्थापन उपसमिति ,झाँकी तथा र्याली ब्यवस्थापन उपसमिति , अनुगमन उपसमिति लगायतका उपसमितिहरु रहेका छन् ।

तामाङ घेदुङसंगै नेपाल तामाङ राष्ट्रिय घेदुङ, तामाङ बौंद्ध महासंघ नेपाल, नेपाल तामाङ कला संस्कृति केन्द्रलगायत गरी करिब १ सय वटा तामाङ संघसंस्थाले संयुक्त रुपमा ल्होछार मनाउने तिव्र रुपमा अगाडी बढि रहेको छ ।

उक्त कार्यक्रममा तामाङ धर्म संस्कृति परम्परा अनी लगायत विभिन्न झाँकी भेषभुषा पर्दशनी गर्दै तामाङ खाना कला प्रर्दशनी समेत गरिने आयोजकले जनाएको छ ।