टेलिभिजन धेरै हेर्ने मानिसको चाँडै मृत्यु

371
(एजेन्सी)– एक दिनमा लगातार तीन घण्टा वा त्योभन्दा बढि समयसम्म टेलिभिजन हेर्ने मानिसहरुभन्दा कम टिभी हेर्ने व्यक्तिको धेरै समय बाँच्ने एक नयाँ अनुसन्धानले बताएको छ ।

चीनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार, अमेरिकन हार्ट असोसियसनका अनुसन्धानकर्ताहरुले तीन किसिमको सुस्त व्यवहार र सबैको कारणहरुः टेलिभिजन हेर्ने समय, कम्प्युटरमा काम गर्ने समय र सवारीसाधन चलाएको समयमा हुने मृत्युको खतराको बिचको सम्बन्ध पत्ता लगाउनका लागि स्प्यानिस युनिभर्सिटीका १३ हजार २८४ युवाहरुको मुल्यांकन गरिएको बताएको छ ।

एक दिनमा तीन घण्टाभन्दा बढि समय टेलिभिजन हेर्ने व्यक्तिको मृत्युको सम्भावना कम टेलिभिजन हेर्ने व्यक्तिको भन्दा दुई गुणा बढि हुने अनुसन्धानले बताएको छ ।

कम्प्युटरको प्रयोग अथवा सवारी साधन चलाउनमा बिताएको समय र सबै कारणबाट हुने अकाल मृत्युको उच्च खतराको बिच कुनै पनि महत्वपूर्ण सम्बन्ध नरहेको पनि उक्त अनुसन्धानले निष्कर्ष निकालेको छ ।