Home समाचार ट्रिटन कलेजका विद्यार्थीद्वारा रक्तदान
काठमाडौ । राजधानीका अस्पतालहरुमा रगतको अभाव भएर विरामीहरु छटपटिईरहेको खवर सुनेका ट्रिटन इन्टरनेशनल कलेज सुविधानगर तिनकुनेमा समाजसेवा विषयमा स्नातक अध्ययनरत विद्यार्थीले कलेज परिसरमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरे ।
कलेजकी प्रशान निर्देशक ऋतु न्यौपानेका अनुसार नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रको समनवयमा सञ्चालित सो कार्यक्रममा कलेजका अध्यापक, प्रशासक तथा विद्यार्थी गरी ९० जनाले रक्तदान गरेका थिए ।
Related