काठमाडौं । विकास र सुशासनको नारा बाढिरहेको विवेकशिल साझा पार्टी डलर अपचलनको काण्डमा फसेको छ । विवेकशिल साझा पार्टीले अमेरिकी डलर तिरेर आफ्ना उम्मेदवारहरुको प्रचार प्रसार फेसबुक लगायतका सामाजिक सञ्जालहरु मार्फत गरिरहेको छ । जबकी नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई नेपालमा डलरको कारोबार तथा खरिद बिक्रि गर्न पाइँदैन् ।
राष्ट्र बैंकको स्वीकृत विना डलर तिरेर विज्ञापन गर्न पाइँदैन र त्यस्ता काम गर्नेलाई राष्ट्र बैंकले विदेशी मुद्रा अपचलनको कारवाही गर्न प्रहरी समक्ष सिफारिस गर्न सक्छ । विवेकसिल साझा पाटीका संयोजक उज्वल थापाले नेपाली रुपैयाँ खर्च गरेर नेपाली आमसञ्चार माध्यममा गरिने प्रचार प्रसार कम प्रभावकारी भएको तर डलर भुक्तानी गरेर फेसबुक, ट्वीटर लगायत सामाजिक सञ्जालमा गरिएको विज्ञापन प्रभावकारी भएको बताएका छन् ।
सामाजिक सञ्जालमा आक्रामक र खर्चिलो प्रचार गरिरहनुभएको देखिन्छ । त्यसका लागि कति बजेट छुट्याउनुभएको छ ? भन्ने प्रश्नको जवाफमा विवेकशिल साझा पार्टीका संयोजक थापाले भनेका छन–‘हेर्दा मात्रै खर्चिलो हो । फेसबुकमा १ डलर खर्च गर्दा पनि न्यूजपेपरलाई विज्ञापन दिएको भन्दा बढी प्रभाव पर्छ । अहिले ‘वर्क हार्ड’ भन्दा पनि ‘वर्क स्मार्ट’को समय हो । रञ्जु दर्शना चुनाव लडेका बेला हामीले १ लाख डलर फेसबुकमा खर्चियौं भनेर हल्ला चलाइयो । तर, हाम्रो वास्तविक खर्च करिब ३ हजार डलर मात्रै थियो । यसपालि पनि त्यही हाराहारीमा खर्च होला ।’
डलर तिरेर स्पोन्सर गरिएको डा. सुर्यराज आचार्यको फेसबुक ।
एता, नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख रमेशकुमार पोखरेलले भने कुनै पनि दल र उम्मेदवारहरुले सामाजिक सञ्जालबाट चुनावी प्रचार प्रसार गर्न डलर सटहीका लागि आफुहरुसँग अनुमति नलिएको स्पष्ट पारे । ‘सामाजिक सञ्जालहरुको स्पोन्सरका लागि सटही सुबिधा लिन कोहि आएका छैनन् । हामीले तोकेको सेवा सुबिधा बाहेकका भुक्तानी गैर कानुनी हुन’, प्रमुख पोखरेलले भने ।
नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनालले समाजिक सञ्जालहरुको स्पोन्सरका लागि हुने भुक्तानी कानुन विपरिद भएको तर त्यो नेपाल राष्ट्र बैंकको कार्यक्षेत्रमा पर्ने बताए । ‘फेसबुकहरुको स्पोन्सरका नाममा करोडौं रकम विदेशिएको छ, यो गैर कानुनी काम हो, तर विदेशी मुद्राको कारोबार र नियमन गर्ने नेपाल राष्ट्र बैंकले हो, प्राधिकरणले केहि भन्न मिल्दैन’, खनालले भने ।bikashnews







































