डा.केसीको १४औ अनसन आज तोड्न ५ बुँदे सहमति

347

काठमाडौं , पाँच दिनदेखि आमरण अनसनरत डा गोविन्द केसीले आज अनसन तोड्ने भएका छन्।

अनसन तोडाउन त्रिवि शिक्षण अस्पतालमा पुगेका स्वास्थ्यमन्त्री दीपक बोहोरा नेतृत्वको टोलीसँग वार्ता गरी डा केसीले भोलि अनसन तोड्ने भएका हुन्।

त्यस्तै डा केसीले मन्त्री बोहोरासँग ५ बुँदे सहमति गरेका छन्।

मन्त्री बोहोराले सर्वोच्च अदालतको पछिल्लो आदेशले प्रधानन्यायाधीश गोपाल पराजुलीको शैक्षिक प्रमाणपत्र र नागरिकताको विषयमा फाइल मगाएको र थप छानबिनको काम हुने भएकाले अनसन अन्त्य गर्न आग्रह गरेका थिए।