डा. केसीलाई साधारण तारेखमा छोड्न सर्वोच्चको आदेश

392

अदालतको अपहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई सर्वोच्च अदालतले साधारण तारेखमा छोड्न आदेश गरेको छ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेर र शैक्षिक प्रमाणपत्रको बारेमा न्यायपरिषदसँग बुझ्न आदेश गरिएको छ।

यस्तै सर्वोच्चद्वारा काममा फर्कन आदेश दिएका आइओएमका डिन  डा.शशि  शर्माको फैसला साथै राखेर पेश गर्न समेत अदालतले भनेको छ।