तीन दलको तालमेल गदालाई सिरकले छोपेर हात्ती हो भन्नु जस्तै : विजूक्छे

2278

भक्तपुर । नेपाल मजदुर किसान पाटीका अध्यक्ष नारायणमान विजूक्छेले एमाले, माओवादी र नयाँ शक्तिबीचको तालमेलमा भारतीय विस्तारवादकै हात रहेको बताउनुभएको छ ।

पार्टीको केन्द्रीय समितिको बैठकको क्रममा सञ्चारकर्मीहरुसँग समसामयिक राजनीतिक विषयमा कुराकानी गर्दै अध्यक्ष बिजुक्छेंले उक्त कुरा बताउनुभएको हो ।

उहाँले एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी तीन वटै दल कम्युनिष्ट पार्टीहरु नभएको हुनाले मङ्गलबार तीन दलबीच भएको सहमतिलाई ‘कम्युनिष्ट एकता’ भन्नु सरासर गलत रहेको ठोकुवा गर्नुभयो ।

‘यो पूँजीवादी पार्टीहरुको तालमेल हो । यो कुनै सैद्धान्तिक एकता होइन । चुनावी तालमेल मात्र हो ।’ जनतालाई गदालाई सिरकले छोपेर हात्ती हो भनी गरिएको प्रचार मात्र हो यो , मात्र भ्रमको खेती । अध्यक्ष विजूक्छेले बताउनुभयो ।
तीन दलबीचको एकता भारतीय बिस्तारवादको हितमा संविधान सशोधनको लागि आवश्यक दुईतिहाई बहुमत पु¥याउन चालिएको रणनीति भएको आरोप लगाउनुभएको छ ।

उहाँका अनुसार यी तीन दलको सहमतिको कुनै सैद्धान्तिक आधार छैन यो सहमती भनेको देशलाई खाल्डोमा लगेर हाल्नु नै हो ।

उहाँले एमाले र माओवादी केन्द्रले कम्युनिष्टको खोल ओढेर जनतालाई झुक्याउने काम गरिरहेको र उक्त पाटीहरु केवल भाई काँग्रस हुन् जो अरु वाट नै निर्देशित छन् भन्नुभयो ।

तीन दलबीचको एकता भारतीय शासक वर्गको डिजाइनअनुसार भएको चर्चा गर्दै बिजुक्छेंले वाम एकताको नाममा सत्तारोहण गर्ने देश नाङ्लोमा राखेर बेच्ने कार्य गर्ने यिनको उद्देश्य रहेको आरोप समेत लगाउनुभयो ।
उहाँले अव नेपालमा कम्युनिष्ट को त भन्ने विषयमा जनताले राम्रो सँग सोच्न नसकेका खण्डमा देश अझ दुर्गती र आत्मसमरपणवादले नै ग्रस्त हुने वताउनुभयो ।

उहाँका अनुसार कम्युनिष्टको नाममा भोट मात्र बटुल्ने पूँजीवादी सोचका पुजारीहरुको बाहुल्यता रहेको वताउँदै नेपाली जनता यिनको पछि नलाग्न आग्रह समेत गर्नुभयो ।