काठमाडौं । यात्रुको लगेज चोरी गर्दागर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन कर्मचारीहरु रंगेहात पक्राउ परेका छन्।
महानगरीय प्रहरी विमानस्थल सुरक्षा गार्डले मंगलबार बेलुका तीन जना कर्मचारीलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा बिमल केसी, बिक्रम लामा, बिर्खराज बिक छन्। उनीहरु विमानस्थलमा लोडरका रुपमा काम गर्ने कर्मचारी भएको एसपी गणेश चन्दले बताए।







































