थाहा खबर: राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

264

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको बैठकबाट पारित दुई वटा विधेयक प्रमाणीकरण गरेकी छन।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम निवृत्तिभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ र भुक्तानी तथा फछ्र्यौट सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।

Source link