Home समाचार दसैंमा मृत आत्माको शान्तिको कामना गर्दै भक्तपुरमा न्युङने व्रत
भक्तपुर । ह्ययाङला आदिवासी तामाङ समाज र न्युङने छोक्पा आमा समुहको अयोजनमा भक्तपुरमा न्युङने व्रत आयोजना भएको छ ।
सूर्यविनायक नगरापालिका वडा नम्वर ६ साविक कटुञ्जे पाण्डुबजार हाईटमा निर्माणधिन उर्गेन संङ्गे छ्योलिङ तामाङ गुम्बामा न्युङने व्रत बसिएको हो ।
खेम्पो गवाङ थोक्छोक गुरूको मुखारविन्दुबाट शान्ति एवं अमन चयन साथै मृत आत्माहरुको मोक्ष एवं सम्पुर्ण प्राणी जगतको रक्षार्थ बसिएको न्युङने व्रत आयोजना गरिएको हो ।
एक क्ष अर्थात ४ दिने न्युङने व्रत मौन सधाना प्राणीहरुको आत्माको शान्तीको कामना गर्दै गरिने गरिएको प्रवचक एवं ज्ञानी दावा गुरुले बताउनुभयो ।
उहाँका अनुसार दसैंको समयमा नै किन त भन्दा दसैं पनि एक हिंसा बढि हुने चाडमा पर्दछ यसमा अकालमा धेरै निर्जनहरुले ज्यानु गुमाउनु पर्दछ यसै कारण उनीहरुको आत्माको शान्तीको लागि पनि यो अनुष्ठान गरिने उहाँको भनाई थियो ।
बढि जसो आमाहरु (महिलाहरु)ले बस्ने गरिएको यस व्रत निकै नै कठोर व्रतका रुपमा रहेको छ ।
यस्तै न्युङने छोक्पा आमा समूह एवं न्युङनेकी संयोजक यानी बाँम्जनका अनुसार आमाहरुनै किन यो व्रत बस्छन् त भन्दा आमा भनेको करुणका खानीका हुन् जोे कोहीको जन्म पनि आमाबाट नै हुने भएका कारण जान वा अन्जानबस हामीबाट भएका गल्तीले कसैको मृत्यु भएको छ भने त्यसको पाप क्षय गर्न आमा मात्र सक्षम हुनुभएकाले विशेष गरि यसमा आमाहरुको सहभागित बढि हुने उहाँ बताउनुहुन्छ ।
यो व्रतमा पुरुष पनि बस्न नहुने भने हैन तर विशेष गरि आमाहरुको सहभागित बढि हुने उहाँले जनाउनुभयो ।

यस्तै यस वर्ष आफूले निर्माण गरेको गुम्वामा नै न्युङनेको व्रत बस्न पाउँदा भने सम्पूर्ण समूदाय नै हर्षित भएको बताउँदै उहाँले विगतका दिनमा ब्यक्तिका घर घरमा यस व्रतको अनुस्ठान गर्न सहयोग गर्नुहुनेहरुमा धन्यवाद समेत दिनु भएको थियो ।
यस्तै संस्थापक अध्यक्ष हिरा माया तामाङका अनुसार दर्गतिमा परेका आत्मा, नराम्रा आत्मा हरु एवं हामीले धर्तिमा पाईला राख्दा अन्जान बस मृत्यु वरण गरेको प्राणीहरुको आत्माको मोक्षका लागि न्युङने व्रत बस्ने गरेको जानकारी दिनुभयो ।
खाना, पानी मुखमा भएको थुक सम्म पनि ननिली बसिने कठोर व्रत अर्थात आफूले आफूलाई नै विमारी बनाई बसिने यस व्रत समस्त प्राणी जगतको उद्दारको लागि रहेको उहाँले बताउनुभयो ।
यस्तै ह्ययाङला आदिवासी तामाङ समाजका अध्यक्ष कर्मा लाप्साङ वाईबाका अनुसार हरेक वर्ष झै यस वर्ष पनि मृत प्राणीहरुको आत्माको शान्तिको लागि नयाँ निर्माणाधिन गुम्वामा नै न्युङने को आयोजना गरेको जानकारी दिनुभयो ।
हरेक वैद्य धर्मालम्वीहरुले विभिन्न समयमा यस व्रतको अनुष्ठान गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।
के हो त न्युङने
न्युङने एक कठार व्रत(सोकह्योङ) हो । जुन क्ष अर्थात एक क्ष मा ४ दिन हुन्छ । यो एक क्ष देखि १५ क्ष सम्म पनि बस्ने गरिएको छ ।
न्युङने व्रत(सोकह्योङ) प्राणीको उद्दारको लागि वैद्यमागीहरुले मनाउँदै आएको एक परम्परा हो । जुन परम्पराले सवै प्राणी एकै हुन् जसको पनि आत्मा हुन्छ र हाम्रो दैनिक जीवनमा विभिन्न गल्ती कमी कमजोरी एवं जानीजानी पनि प्राणी हत्या भएको हुन् सक्छ र हुन्छ उक्त हत्या भएका प्राणीको उद्दार एवं परलोकमा उनीहरुको उचित स्थानमा बास होस् भनी यो न्युङने व्रत(सोकह्योङ) बस्ने गरिएको छ ।
खास गरि यो न्युङने व्रत(सोकह्योङ) जुन सुकै समयमा बस्ने गरिएको भएपनि विषेश गरि भने यो हिन्दुहरुको चाड दसैंको अवसरमा हरेक स्थानमा वैद्य धर्मालम्विहरुले बस्ने गरेका छन् ।
न्युङने व्रत(सोकह्योङ)को प्रारम्भ विषेश गरि फूलपातीको दिन हुने गरेको छ । जुन दिन शुद्द भएर अनुष्ठान गर्ने अर्थात न्युङने व्रत(सोकह्योङ) बस्ने ठाउँमा भेला भएर बेलुका देखि यसको प्रारम्भ गरिने गर्दछ । जसलाई छपाध्यन भनिन्छ ।
दोस्रो दिन अष्टमिको दिन विहान १२ बजे अघावै एक छाक शुद्द भोजन गरि गुरुबाट प्रवचन सुन्दै बसिन्छ । जुन दिन एक अर्कामा बोल्नु हुन्छ तर यो अनुष्ठान गर्दा कुनै पनि गल्ती भएमा भने हजारौं पटक माफी माग्नु पर्ने र भगवानलाई ढोग्नु पर्दछ ।
तेस्रो दिन अर्थात यस न्युङने व्रत(सोकह्योङ)को सबै भन्दा बठोर दिन जुन दिन एक अर्कामा स्र्पष गर्ने बोल्ने गर्नु हुँदैन , पानी समेत नखाइ मुखमा आएको थुक सम्म ननिली यो दिन व्रत बस्ने गरिन्छ ।
कुप्पा अर्थात लाटो भएर बस्ने यो व्रत ३६ घण्टा सम्म चल्ने गर्दछ । यो समयका आधारमा नै क्ष को गणना गरिने गरेको गुरुहरु बताउनुहुन्छ ।
यस्तै चौथो दिन अर्थात विजया दशमीको दिन यसको विधिवत रुपमा अन्त गरिने प्रचलन रहेको छ ।
प्राणीहरु समान हुन् र यिनको हत्या गर्नु अपराध हो भन्दै गरिने यस अनुष्ठानको मुख्य उद्देश्य भनेको नै मृत आत्माहरुको अथवा दसैंमा मृत भएका सम्पूर्ण प्राणीहरुको आत्मा शान्ती एवं उनीहरुको आत्माको स्वर्गमा बास होस् भनी नै यसको आयोजना गरिने गरेको छ ।

गुम्वामा १०० भन्दा बढि ले न्युङने व्रत (सोकह्योङ) बस्नु भएको थियो ।
Related