दुई तीहाईको सरकार फेल भई सक्यो : महत

427

भक्तपुर । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले दुई तीहाईको सरकार फेल भई सकेको बताएका छन् ।

नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति अन्तर्गत आर्थिक नीति मस्यौदा समितिले भक्तपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै उनले दुई तीहाईको सरकार भएपनि आर्थिक नीतिमा सरकार फेल भई सकेको बताए ।

बहुमतको सरकार भएको समयमा देशले आर्थिक उपार्जन एवं ब्यापार घाटा कम गर्दै दोहोरा अंकमा आर्थिक उन्नती गर्नुपर्नेमा यसो हुन् नसक्नु सरकार फेल भएको प्रस्ट भएको बताएका हुन् ।

सरकार हाल उत्पादन बढाउन भन्दा पनि करको भारमा जनतालाई राख्नतर्फ लागेको उनको आरोप रहेको थियो ।
हाल सरकारले समृद्द नेपालको नारा लगाएपनि बाटो अख्तियारको मार्ग भने गलत चुनेको बताउँदै यसको विश्लेषण गर्दै विदेशी लगानीका साथ साथै नेपाली लगानीको पनि सुनिश्चितता तर्फ लाग्नु पर्ने बताए ।

यस्तै हाल सरकार आफ्ना सर्त र पार्टीका ब्यक्तिका सर्त पुरा गर्न उद्योगीहरुलाई दवाद दिदै गएका कारण नेपालमा उद्योगीहरु पलायनको बाटोमा गएको उनको भनाई थियो ।

कार्यक्रममा प्रदेश नं ३ अन्तर्गतका मकवानपुर र चितवनका बाहेक पार्टी सभापति र प्रदेश सांसदको उपस्थिती रहेको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य गुरुराज घिमिरे, जीवनबहादुर शाही, शिवप्रसाद हुमागाईं, अर्जुन जोशी, प्रदेश नं ३ का प्रदेशसभाका प्रतिपक्षी दलका नेता इन्द्र बानियाँ, डा अच्युत वाग्ले, भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, काठमाडौँ जिल्ला सभापति सबुज बाँनिया लगायतले अब देश विकासमा आर्थिक नीति परम्परागतभन्दा पनि परिणाममुखी र आत्मनिर्भर हुनुपर्नेमा जोड दिएका थिए ।

उनीहरुले बिपी कोइरालाको विचार र सिद्धान्त आजसम्म पनि उत्तिकै सान्दर्भिक रहेको चर्चा गर्दै उनीहरुले देशमा उत्पादन बढाउने र आमनागरिकसम्म त्यसको पहुँच पु¥याउनका लागि के कस्ता समस्या छन्, त्यसको पहिचान गरी समस्याको समाधानका उपायमा जानु पर्नेमा जोड दिएका थिए ।