काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ३१ मिनभवनस्थित ३४वर्ष पुरानो देउराली क्लवको वहुउद्धेश्यीय नयाँ भवनको बुधबार शिलान्यास गरिएको छ ।
स्वास्थ्य केन्द्र, जेष्ठ नागरिकको दिवा सेवा, सामुदायीक तथा एकसय जना अटने सभाहल समेत गरि साँढे चारतल्ले सो भवन निर्माणको लागि ३ नं प्रदेश सरकारले १ करोड रुपैयाँ विनीयोजन गरेको क्लवका महासचिव खगेन्द्र उपे्रतीले बताए ।
नेपाली कागेसका नेता एवम पुर्व उपपधानमन्त्री प्रकाशमान सिंहले निर्माणाधिन भवनको बुधबार शिलान्यास गर्दै संघीय , प्रादेशिक सरकार होस या महानगरपालिका, या कुनै पालिकाको बजेटबाट होस जनताको करबाट उठेको रकम जनताकै लागि विकासको कार्यमा खर्च गरिनुपर्ने बताए ।
कार्यक्रममा ३ नं प्रदेशका सांसद गणेश दुलालले क्लवको निर्माणाधिन वहुउद्धेश्यीय भवनको लागि विनीयोजित बजेटबाट जेष्ठ नागरिकहरुलाई दैनिक भजनकिर्तन गर्नदेखि औषधोपचार सम्मको लागि स्वास्थ्य केन्द्र बनाइने बताए । उनले मिनभवनमा अवस्थित निजामति कर्मचारी अस्पतालमा स्थानीय वासिन्दालाई सुलभ र सरल उपचारको व्यवस्थाको लागि माग गरे ।







































