देशभरीकै एम्बुलेन्सको फोन नं १०२

417

काठमाडौं ।
प्रहरीको फोन नं १००, दमकलको फोन नं १०१ भनेझैं अब देशभरी सञ्चालन हुने एम्बुलेन्सको सम्पर्क फोन नं १०२ हुने भएको छ ।

स्वास्थ्य मन्त्रालय र नेपाल एम्बुलेन्स सर्भिस (नास) वीच सोमबार मन्त्रालयमा भएको सम्झौैता अनुसार अबदेखि मुलुकभरीका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी लगायत स्वास्थ्य संस्थाहरुमा तयारी अवस्थामा रहने एम्बुलेन्सको सम्पर्क फोन नं १०२ कायम हुने भएको हो ।

विकसित मुलुकमा जस्तै नेपालका सबै स्वास्थ्य संस्थामा सञ्चालित एम्बुलेन्सलाई एउटै फोन नम्बर १०२ मा सम्पर्क गर्दा विरामीले समयमै एम्बुलेन्स सेवा पाउने र एकरुपता आउने विश्वास गरिएको छ । सो नम्बरमा सर्वसाधारणले फोन गरेपछि तत्कालै नजिकैको एम्बुलेन्स उपलब्ध हुने व्यवस्था मिलाइने बताइएको छ ।

स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा वैदेशिक सहयोग महाशाखाका प्रमुख डा. श्रीकृष्ण गिरी र नासका अध्यक्ष ओम भण्डारीले मुलुकभरी एम्बुलेन्स सञ्चालन गर्ने सम्झौतापत्रमा आइतबार हस्ताक्षर गरेका थिए ।