भोजकुमार सहयोगार्थ साँस्कृतिक कार्यक्रमको तयारी पुरा
भक्तपुर । जस कसैको धर्मले भन्छ मानवता नै धर्म हो । धर्म गर्न कहि जानु पर्दैन केवल आफुले आफुलाई हेरेर सहयोग एवं मानवता देखाउँदा नै धर्म प्राप्त हुन्छ ।
सहयोग धर्मको अर्को रुप हो जुन मन्दिर,मस्जिद,चैत्य, गुम्वा वा चर्चमा गएर धुँडा टेकेर प्राथर्ना नगर्दा नै प्रप्त हुन्छ । सवै धर्मले भनेका छन् धर्म सहयोगमा हुन्छ ।
धर्म आफु मात्र बाँचेर हुन्न अरुलाई पनि बचाएर हुन्छ ।
यस्तै कसैलाई बचाउने अभियानमा लागि परेका छन् डि-एस दोङ ,सुदिन दोङ ,सरोज लामा, चन्द्र माया, लास्मिता तामांग, पासांग लामा, भोजकुमार लामा ,दावा घिसिङ ,रजन दोङ ,सुनिला दोङ , पेमा डोल्मा तामाङ , आशिष मोक्तान ,ललित कुमार लो , सरोज गोले लगाएतका साथीहरु जो देश विदेशमा बसेर जिवन मरणको दोसाँधमा रहेका भोजकुमार तामाङको जिवन रक्षार्थ लागी परेका छन् ।
दवै मृगौला गुमाएका भोजकुमार बचाउमा हाल देश विदेशमा रहेका मानवता प्रेमीहरु एक जुट भएका छन् ।
डि एस दोङको सँयोजकत्वमा सँचारकर्मी सुदिन दोङ लगाएतका युवाको आवहानमा तामाङ कलाकारहरुले मानवताका लागि भक्तपुरमा गर्ने बृहत्त साँस्कृतिक कार्यक्रमको तयारी पुरा भएको छ ।भक्तपुर सुर्यविनायक स्थित शुभकामना पार्टी प्यालेशमा पुस २७ गते शनिवार गर्न लागिएको कार्यक्रमको तथारी पुरा भएको आयोजकले जनाएका छन् ।
काभ्रेको तेमाल गाँऊपालिका वडा न. ९ चोपटारका, हरिबहादुर दोङ्गका छोरा २७ बर्षीय भोजकुमार तामाङको दुवै मृगौला फेल भएर हाल मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचाररतको जिवन रक्षाका लागि सम्पुर्ण तामाङ कलाकारहरु एक जुट हुने भएका हुन् । विगत ६ महिना देखि रोगका कारण अस्पताल चाहर्दै आउनु भएका तामाङको मृगौला नै खराव भएको भन्ने पुस्टी भएपछि उहाँ हाल भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार गराई रहनु भएको छ ।
आर्थिक अवस्था कमजोर भएका तामाङको रोग पत्ता लाग्नु भन्दा पहिला नै धेरै पैसा खर्च भई सकेको सुनाउँदै सहयोगको अपिल गर्दै संचारकर्मी सुदिन दोङले भन्नुभयो भोजकुमारलाई मृगौला दिनको लागी परिवारका सदस्य तयार त हुनु हुन्छ तर मृगौला प्रत्यारोपण गर्न त परै जावस हाल अस्पताल बस्न समेत खर्च उहाँ सँग छैन, यसै कारण आफुहरुले तामाङ कलाकारहरुसँग सहकार्य गरेर भोजकुमार बचाउ अभियान सँचालन गर्न लागेको बताउनुभयो । ‘सहयोग पाए उपचार गरेर बाँच्ने रहर छ भोजकुमारसँग सानो सहयोगले कसैको ज्यान नै बच्छ भने हामीले सहयोग गर्नु पर्दछ यसैले सवैलाई सहयोगको अपिल गर्दछु ’ दोङ बताउनुहुन्छ ।

आर्थिक अवस्था कमजोर भएको कारण नै तामाङ आर्थिक समृद्दिको ठुलो सपना बोकेर काठमाडौको हात्तिसारमा अवस्थित गल्फ म्यानपावरबाट दुबईको एक कम्पनीमा कामको लागि बैशाख २३ गते नेपालबाट उड्नु भएको थियो । तर नियती नै भन्नु पर्दछ उहाँको सपना केवल ६ महिनामा नै तुहियो र उहाँ बिरामी भएर नेपाल फर्कनु पर्यो । गल्फ म्यानपावरको लापरवाहीको सिकार उहाँ हुन् पग्नुभयो ।
बिना बायोमेडिकल नै दुवई पुग्नु भएका लामा आफु भित्र भएको रोगको विषयमा अनविज्ञ नै हुनुहुन्थ्यो । बिना बायोमेडिकल कामदार बिदेशमा पठाउनु गैरकानुनी हो । तर नेपालमा अनुगमन गर्ने निकाय नै कमजोर भएको हुनाले यसको फाइदा उठाएर म्यानपावर ब्यवसायीले बदमासी गरी उहाँलाई विदेश पठाउँदा उहाँको केहि नभएको अर्को मृगौला पनि कडा परिश्रम अनी अनियमित खानपानका कारण विग्रदा उहाँ दिर्ग रोगी हुन् पुगेका छ ।
दुबईमा २ वर्षको करार सम्झौता भएतापनि कम्पनीले लामालाई अहिले तीन महिनाको बिदामा उपचारको लागि नेपाल फिर्ता पठाएको छ । मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले मृगौला फेर्नु पर्ने बताएपछि लामाको घरमा अहिले रुवाबासी छ । लामाको अढाई वर्षको छोरा र २ वर्षकी छोरी छिन् ।
भोजकुमार बचाउ सँगै दोङ लगाएतको समुहले हाल सम्म ’सिर्जना तामाङ बचाउ अभियान’, ’कुमारी लामा बचाउ अभियान’ सफल भैसकेको छ ।







































