धादिङको रुवीभ्याली गाउँपालिकाको दुई मतदान केन्द्रमा मतदान सुरु भएन

324

धादिङ– धादिङको रुवीभ्याली गाउँपालिकाको दुई स्थानमा अझै मतदान सुरु हुन सकेको छैन ।

रुवी भ्याली गाउँपालिकाको  जुम्लाङ खेल मैदान तिप्लीङमा मदतानको सबै तयारी पुरा भएपनि मतदाता भोट हाल्न नगएको बताइएको छ ।

बाम र लोकातान्तिक गठबन्धन बिच राजनितिक दलको प्रतिनिधि राख्ने विषयमा विवाद हुदा तिप्लिङकै ठूलो गाउँमा  मदतान कार्य नभएपछि स्थानियले तिप्लीङ खेल मैदानको मदतान  नगरेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

 मतदाताले दुई ठाउँमा मतदान सुरु गरेपछि मात्रै भोट बताएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी उपरिक्षक ध्रुवराज राउतले बताए ।

यस्तै केहिसमय अघि राजनितिक प्रतिनिधि विबादकै कारण विहान मतदान कार्य सुरु नभएको झार्लाङमा भने केहि समय अघि मतदान प्रकृया सुरु भएको उनले बताए ।