धानको वीउ राख्दै बेबिलोनका विद्यार्थी

897

भक्तपुर । सन् २०१५ देखि निरन्तर बेलायत सरकारको अन्तर्राष्ट्रिय पुरस्कार विजेता बेबिलोन नेशनल स्कुल शान्तिनगरका ७ कक्षाका विद्यार्थी खेतीवालीको व्यवहारिक ज्ञान सिक्न गुण्डुको खेतमा पुगेका छन् । गतवर्षपनि सो विद्यालयका कक्षा ७ का विद्यार्थीले सोही ठाउँमा गएर धानको वीउ राखेका थिए ।
स्काउट शिक्षक निरेन्द्र कार्कीको खेतमा गएर ति विद्यार्थीले खेत खनेर डल्ला फुटाउँदै ड्यांग बनाएर पालैपालो धानको वीउ राखेका थिए ।
उनीहरुले राखेको धानको वीउको रेखदेख स्काउट गुरु कार्कीले गर्नेछन भने आगामी असार १५ गते राष्ट्रिय धान दिवसको दनिमा गएर धान रोप्ने विद्यालयका प्रिन्सिपल राजु राईले बताउनुभयो ।
विद्यालयकी भाइस प्रिन्सिपल रिता राई, अतिरिक्त कृयाकलाप संयोजक डा.माधवन श्रीनिवासन, अभिभावक संयोजक कमला केसी, कक्षा शिक्षक विकास खनाल, व्यवसायिक शिक्षिका मनिता जोन्छेसहित ५६ जना विद्यार्थी धानको वीउ राख्न गुण्डु पुगेका थिए ।
विद्यालयले हरेक वर्ष ७ कक्षाका सबै विद्यार्थीलाई सहभागी गराई धानको वीउ राख्नेदेखि, धान रोप्ने, गोड्ने र अन्तमा धान पाकेपछि काटी चुटी गरे भित्र्याउने व्यवहारिक ज्ञान दिँदै आएको छ ।
पछिल्लो समयमा अभिभावकहरुपनि आफ्ना छोराछोरीले कितावी ज्ञानको साथसाथै नभई कम्तिमा दुईचारवटा व्यवहारिक ज्ञान सिकोस् भन्ने चाहना राख्न थालेको विद्यालयकी अभिभावक संयोजक कमला केसीले बताइन ।