भक्तपुर । नगरकोट जाने पर्यटकलाई केहि राहत हुने भएको छ । चाँगुनारायण नगरपालिकाले अधिल्लो बर्ष देखि लिदै आएको कर हाललाई तिर्नु नपर्ने नीति ल्याए सँगै उनीहरुलाई राहत हुने भएको हो ।
कर उठाए देखि विभिन्न विवादमा फस्दै आएका कारण चाँगुनारायण नगरपालिकाले हाललाई नगरकोट जाने पर्यटक सँग कर नउठाउने भएको हो ।
चाँगुनारायणका अन्य पार्टी प्रतिनिधी पर्यटन ब्यवसायी एवं होटल ब्यवसायीको विरोध एवं मण्डन देउपुर नगरपालिकाको पटक पटक आग्रह हुँदा पनि चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधीले अटेर गरि कर उठाई रहेपछि मण्डर देउपुरले पनि तीन सय मिटरमा नै कर उठाउन थालनी गरेपछि चाँगुनारायण नगरपालिकाले कर उठाउन बन्द गर्न बाध्य भएको देखिन्छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिकाले गत वर्षदेखि र काभ्रेको मण्डनदेउपुर नगरपालिका असोज २९ गतेदेखि आ–आफ्नो स्थानमा पर्यटकसँग कर लिँदै आएका थिए ।
फरक–फरक सडक भएर नगरकोट जाने पर्यटकहरुसँग तेलकोट, कलमसी र नगरकोटचोक नजिकै तीन स्थानमा चाँगुनारायण नगरपालिकाले लिँदै आएको प्रवेश शुल्क हाललाई नलिने निर्णय गरेको छ ।
चाँगुनारायण मन्दिर जाने पर्यटकसँग भने प्रवेश कर यथावत रहने चाँगुनारायण नगरपालिकाले जनाएको छ ।
चाँगुनारायण नगरपालिकाको बैठकबाट नै २५ गते मंगलबारदेखि कर नलिने निर्णय गरिएको खुल्न आएको छ ।’
उता मण्डनदेउपुर नगरपालिकाकाले चाँगुनारायण नगरपालिकाको आधिकारीक धारणा आएपछि मात्र अरु निर्णय गरिने जानउँदै आएको छ ।







































