नवलपरासीमा सेनाद्वारा बम निस्क्रिय

450

नवलपरासी: सदरमुकाम परासीमा बुधबार फेला परेको प्रेसर कुकर बमलाई नेपाली सेनाले निस्क्रिय पारेको छ।

परासीस्थित निर्माण व्यवसायी सङ्घको ढोका नजिक फेला पारिएको प्रेसर कुकर बमलाई बज्रदल गण परासीबाट उपसेनानीको कमाण्डमा खटिएको टोलीले निस्क्रिय पारेको हो । बम कसले र किन राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।