बाबुकाजी श्रेष्ठ
भक्तपुर – नाटा अर्थात नेपाल क्षयरोग निवारण संस्था भक्तपुरको ३९ औं स्थापना दिवस एक समारोह बीच मनाएको छ ।
प्रमुख अतिथि ३ नं. प्रदेशका सांसद् प्रतिमा श्रेष्ठ (उर्मिला)ले पानसमा दीप प्रज्वलित गरी स्थापना दिवसको उद्घाटन गर्नुभयो । उद्घाटनकै क्रममा नेपाल संघीय गणतन्त्रात्मक राज्य प्रणालीको राज्य व्यवस्था स्थापना भईसकेपछि स्थानीय सरकारले नै जनस्वास्थ्य समस्याको रुपमा रहेको क्षयरोग नियन्त्रण गर्नको कार्यक्रमहरु विनियोजित गर्नु पर्नेमा जोड दिनुभयो र उहा“ले पवित्र सामाजिक संस्थाको रुपमा रहेको यस न्ँेपाल क्षयरोग निवारण संस्थालाई सहयोग गर्न प्रदेशमार्फत पनि पहल गर्ने र स्थानीय निकायहरुमा पहल गरिदिने प्रतिवद्धता जनाउनुभयो ।
संस्थाका सभापति राम सिख्वःको सभापतित्वमा भएको उक्त कार्यक्रममा संस्थाका सल्लाहकार कृष्णलाल गोजा श्रेष्ठ, जिल्ला समन्वय समिति सामाजिक शाखाका अधिकृत बल्देव घोरसाइने, पूर्व सभासद् सत्यलाल मुल, कार्यक्रम संयोजक लक्ष्मण सुजखु, निवर्तमान सभापति बाबुकाजी श्रेष्ठ र संस्थाका सचिव राजेश्वरी शिल्पकारलगायतका वक्ताहरुले शुभकामना मन्तव्य दिनुभयो ।
कार्यक्रममा भक्तपुरमा क्षयरोग नियन्त्रण गर्न राष्ट्रिय क्षयरोग केन्द्रको सहयोगमा “लुकेर रहेको क्षयरोगी विरामीहरु खोज पत्ताल” कार्यक्रम अन्तर्गत संचालित विद्यालयस्तरी कार्यक्रममा शारदा माध्यमिक विद्यालय कक्षा आठमा अध्ययनरत विद्यार्थी अशोक गरुङ्गको सहयोगमा क्षयरोगी विरामी पत्ता लगाउन सफल भएकोले सोही कार्यक्रममा अशोक गुरुङ्गलाई नगद सहित प्रशंसापत्रद्वारा सम्मान गरियो । क्षयरोग पत्ता लगाउनमा सहयोग गर्ने जो सुकै व्यक्तिलाई पनि यसरी पुरस्कृत र सम्मान गर्ने कार्यक्रममा सभापतिले घोषणा गर्नुभयो ।







































