नाडा अटो शोमा फक्सवागेनलाई उत्कृष्ट चार पाङ्ग्रेको अवार्ड, उत्कृष्ट बाइकको पुरस्कार कसले पायो? :: BIZMANDU

224


काठमाडौं। यस वर्षकालागि नाडा अटो शो सम्पन्न भएको छ । आइतबार सकिएको अटो शो ६५ हजारभन्दा बढीले अवलोकन गरेको नाडाले जनाएको छ।

मेलामा उत्कृष्ट चारपाङ्ग्रे सवारीसाधनको स्टल फक्सवागेनको लागि नेपालको आधिकारिक विक्रेता पुजा इण्टरनेशन नेपाल प्रा.लिले जितेको नाडाले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।

यसैगरी  उत्कृष्ट दुईपाङ्ग्रे सवारीसाधनतर्फको स्टल टीभीएसका लागि नेपालको आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रालिले जितेको छ ।
त्यसैगरी अटो पार्टस, व्याट्रि, टायर र लुव्रिकेण्टसकातर्फबाट रीता अटोमोवाइल्स प्रा.लिले जितेको छ ।

मेलाको मुख्य आर्कषणको रुपमा केही नयाँ ब्रान्डका सवारी साधन र केही ब्रान्डले ल्याएका इलेक्ट्रीक कारमा निकै ठूलो भिड लागेको  प्रेस बिज्ञप्तीमा जनाइएको छ।  

यसैगरी नाडा अवलोकन गर्ने कुपन नम्बर  ००१९५३, ००४८९९, ००५३६३, ००६७०३, ०१५६५० र ०२६६३९ का अवलोकनकर्ताले डोर प्राइजका रुपमा कुल प्याड मोबाइल जितेको बिज्ञप्तीमा जनाइएको छ।

नाडाका अनुसार  मेलामा १९ वटा ब्राण्डका  चार पाङग्रे तथा २० वटा ब्राण्डका दुई पाङग्रे सवारी साधनहरू रहेका थिए ।

यसैगरी पैठारीकर्ता, डिलर, उत्पादक तथा विक्रेता गरी यस वर्ष ७१ कम्पनीहरूको सहभागिता रहेको थियो भने साना ठूला गरी १ सय ३४ वटा ब्लक तथा स्टलहरू रहेको पनि बिज्ञप्तीमा उल्लेख छ।  

 




नाडा अटो शोमा फक्सवागेनलाई उत्कृष्ट चार पाङ्ग्रेको अवार्ड, उत्कृष्ट बाइकको पुरस्कार कसले पायो? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

Source link