जुन जुन चीजलाई हामी अनुभव गर्न सक्छौं त्यो सब धर्म हो ।
दैनिक जीवनमा धर्मको अभ्यास गर्नु सर्वोत्कृष्ट हो किनकी यदी यस जीवनमा तपाई धर्मको अभ्यास गर्नुहुन्न भने कहिले गर्नुहुन्छ ?
केही मानिसका लाागि धर्म अलग्गै चीज हो । यसलाई उसले एक विकल्पको रुपमा लिएको छ र कोशिश गरिरहेको छ कि म धर्मको अभ्यास गरिरहेको छु वा म धर्मको अभ्यास गर्दिन ।
यसकारण जहाँ सम्म मलाई लाग्छ मानिसलाई सायद यो थाहा छैन कि धर्म कुन चिज हो भन्ने बारेमा । मानिसहरु यसलाई गहिरो रुपमा बुझिरहेका छैनन् । यो तपाईको विश्वास हो कि तपाई कुनै चीजमा विश्वास गर्नुहुन्न । तपाईले कुनै चीजको अभ्यास नगर्नुहोस् तर त्यस चीजलाई नमान्ने अभ्यास गर्नु पनि एक अभ्यास हो र यो नै तपाईको अभ्यास हो ।
यसकारण कोही पनि यो भन्न सक्दैनकी म एक शुद्ध तथा सच्चा नास्तिक हुँ म एक शुद्ध या सच्चा अभ्यासकर्ता होइन । यो असम्भव छ ।
तर मानव हुनाको कारण हाम्रो केही जटिलता छ जो एक निकै अनौठो चीज हो । यसले हामीलाई केही बेवकूफ पनि बनाउँछ । किनकी हाम्रो यति धेरै नाम विशिष्टता तथा विवरण छ । केबल यस कारण हामी भ्रमित भइरहेका छौं र हाम्रो यही विशेषता हो कि हामी चिजलाई अनावश्यक रुपमा भ्रामक बनाइदिन्छौं ।
सबैभन्दा पहिला यो निकै आवश्यक छ कि यस कुराको परिभाषित गरियोस् कि अभ्यास के हो, धर्म के हो र जीवन के हो ? फेरि यी सबैलाई मिलाएर यो सम्झनु पर्छ कि हरेक दिन जीवनमा धर्मको अभ्यास गर्नु के हो ?, त्यसो भए जीवन के हो ? बुद्धको शिक्षाका अनुसाार जीवनको परिभाषा बिल्कुल सजिलो छ । उनका अनुसार म जीवित हुँ या तिमी जीवित हौं यसमा कुनै रहस्य छैन ।
जीवन के हो यो खोज्न हामी कही अन्यत्र जानु पर्दैन । हामीले तपाई जीवित हुनुहुन्छ, म जीवित छु भन्ने बुझे हुन्छ । हामीले कुनै तिव्वती या आर्य शरीरमा धारण गरेका छौं । यो शरीर अब तपाईको हो जसमा तपाई जीवित हुनुहुन्छ । जवान, बुढा, मध्ययम आयु वर्गका बीच बच्चा भिक्षुक, गृहस्थ मानिस यी सब कुनै न कुनै भौतिक शरीरमा जीवित छ । र जब समय आउँछ तव तपाईले त्यस शरीरलाई त्यागि दिनुहुन्छ ।
तपाई अहिले पनि जीवित हुनुहुन्छ तर त्यस शरीरमा होइन । शरीर मरेर जान्छ तर तपाईको मस्तिष्क अहिलेपनि जीवित हुन्छ । हाम्रो यो मन कहिले पनि मर्न सक्दैन । धर्म एक संस्कृत शव्द हो र तिब्बती भाषमा यसलाई चो भनिन्छ । तपाई जे देख्न सक्नुहुन्छ त्यो धर्म हो र यो नै अन्तिम सत्य हो ।
ताई सितुपा









































