भक्तपुर । ६ दर्जन भन्दा बढि नेपाली चलचित्रमा नृत्य नेर्देशन गरि सक्नु भएका नृत्य निर्देशक अजय स्याङतान् हाल चर्चाको शिखरमा रहरनु भएको छ । ८०० सय भन्दा बढि म्युजिक भिडियो आफ्नो कोरियोग्राफि दिई सक्नु भएका उहाँले १२५ वटा भन्दा बढि अदिवासी चलचित्र (थारु , तामाङ, भोजपुरी , मगर , राइ , लिम्वु , गुरुङ लगाएतमा ) आफ्नो नृत्य निर्देशन गरि सक्नु भएको छ ।
नाम : अजय सिङतान ( कुशवहादुर तामाङ )
जन्म : सलार्ही जिल्ला , बागमती नगरपालिका वडा नम्वर ८ २०३७ साल ५ महिना १३ गते
बुवा चक्रवहादुर तामाङ आमा फुलमाया तामाङ
पेशा : नृत्य निर्देशक ( कोरियोग्राफर ) निर्देशक
तामाङ चलचित्र संघ केन्द्रिय सदस्य ।
उहाँ सँग गरिएको छोटो कुराकानी यस्तो रहेको छ ।
नेपाली चलचित्र दुनियाँमा कसरी प्रवेश गर्नु भयो ?
२०५६ सालमा घामछाया भन्ने फिल्ममा कोरस नृत्यबाट म नेपाली चलचित्र दुनियाँमा प्रवेश गरेको हुँ । त्यसपछि २०५९ सालमा भोजपुरी फिल्म (घर ज्वाई )बाट नृत्य निर्देशन सुरु गरेको हो । मुल धारको चलचित्रमा २०६० सालमा दहेज( दाईजो) बाट नृत्य निर्देशन गर्न सुरु गरेको हुँ । हाल आएर विभिन्न चलचित्रमा म संलग्न रहेको छु ।

चलचित्र क्षेत्रमा किन नृत्य निर्दैशनलाई नै जोड दिनुभयो ?
सानो बेला देखि नै नाच्न भने पछि आफु खुसी हुने गरेको थिए । गाउँमा पुजा विवाह व्रतबन्ध आदी हुँदा गाना बज्ने वित्तीकै कुदि हाल्थे । स्कुल जाँदा जाँदै बाटोमा कसैको विवाह भएको देखे विद्यालय नै जान छोडेर म उतै नाचेर बस्थे । मेरो अभिरुचीको विषय भएका कारण पनि यसै पेशामा लागेको हुँ ।
नेपाली समाजले आज सम्म पनि नृत्य गर्ने भनेपछि हेयको दृष्टीकोणले हेर्छन् , कस्ता कस्ता समस्याहरुबाट हाल सम्म आउनु भयो त ?
धेरै समस्या आए । हाल सम्म पनि कसैको सपोर्ट छैन । आज पनि घरबाट पनि समस्या रहेको छ, मेरै घरमा ८ जना दिदी बहिनी र ४ दाजुभाई रहेका छौ जसमा कोही इन्जिनियर हुनु हुन्छ कोही टिचर हुनुहुन्छ तर म मात्र नृत्यमा छु जसका कारण मलाई हाल सम्म पनि परिवारबाट पनि त्यती सहयोग र साथ भने पाउन सकेको छैन । नेपाली समाजमा नृत्य लाई मनोरञ्जनका रुपमा लिए पनि नृत्य गर्ने जो कोहीलाई पनि राम्रो दृष्टीकोणबाट भने लिईदैन यो विडम्वना को विषय हो ।
यसैले विविद समस्याहरु भने रहेका छन् यसको सामना गर्दै छु ।
समस्याका बावजुत पनि यसै पेशामा लाग्नु भयो त ?
जानेकै यही छ अनी के गर्नु त । रुची नै यसमा छ यसैले यसैमा लागी रहेको छु लागि रहन्छु पनि ।
नृत्यको तालिम र पढाई कसरी कहाँ लिनु भयो त ?
नेपालमा नृत्यको कक्षा हुने गरेका थिए तर आधुनिक नृत्यको भने कुनै पनि स्थान थिएन तेही भयर भारतको हेदरावदको कृष्ण गल्लीमा तालिम लिएको हो । गाउँको साथीहरु सँग विहार गएको थिएँ ।नृत्यमा नै मेरो रुची रहेको थाहा भएपछि आफन्तहरुको सहयोगमा हेदरावदमा तालिमको लागि पठाउनु भयो उहाँहरुको सहयोगले म त्याहाँ ४ बर्ष बसेँ , २०५२ सालदेखी ५६ सालसम्म अनी म ५६ मा नेपाल फर्के , मोर्डन डान्स , ब्रेक डान्स , मैले उता सिके पछि नेपाल आएपछि नेपाली डान्स विना नेपालमा काम पाउन गारो हुने भएकाले काठमाण्डौंमा छ महिना नेपाली डान्स सिकेँ ।
कसरी नेपाली चलचित्र क्षेत्रमा नृत्य निर्देशकका रुपमा स्थापित हुन सफल हुनु भयो त ?
सुरुमा मैले नाच्ने क्रममा स्व बसन्त जंग रायमाझी सँग भेट भयो उहाँको असिस्टेनका रुपमा काम गरँे । यही क्रममा विभिन्न डाइरेक्टर आदी सँग संगत भयो । उहाँहरु सँगै काम गर्द गर्दै मुलधारका चलचित्रमा काम गर्न थालियो । मुख्य गरि त निर्माताहरु नै चिन्ने मौका पाईयो यसै गरि एक पछि अर्को सिफारीसले नै हुँदा हुँदै आजको अवस्थामा पुगे तर मैले असिस्टेनका रुपमा काम नगरेको भए आजको अवस्थामा भने पुग्ने थिइन ।
नेपालमा नृत्य गर्नेहरुको पारिश्रमीक नै छैन काम गर्न गारो छ भन्छन् त ?
पारिश्रमीक को त कुरै नगरै पाउरोटी र चिया चनाको भरमा त कति काम गरियो कती पारिश्रमिक पाउने भनेको त उस्तै हो । निर्माता को , निर्देशकको समस्या , छँदै थिए , सँगैका साथीहरु पलायन भए । कोरसले पैसा मागेर हैरान गर्थे । कति दिन त काठमाण्डौंमा भोक्कै पनि बस्नु पर्यो । पैसाका लागि स्टुडियो स्टुडियो धाउनु त रोज मर्राको काम भएको थियो । कम चलचित्र बन्ने त्यस माथी नृत्यको भने पछि कसैले पनि समयमा पैसा नदिने समस्या नै रहेको थियो । सारै दुःख गरियो पारिश्रमिकको लागि ।

अहिले कस्तो छ त यो अवस्था ?
अहिले त नृत्यमा धेरै चेन्ज आयो । पहिला पाश्चिमी सैलीको नाच गर्दा भात खान पनि पाईन्न जा नेपाली सिक भन्थे मैले पश्चिमी सैलीको थालनी गर्दा समस्या नै आएको थियो । तर अहिले पुरै चेन्ज भएको छ पश्चिमा सैलीमा नृत्य भएन भने अहिलेका कोरियोग्राफरले भात खान पनि पाउन्नन् ।
नृत्यमा पहिलाको अवस्था र अहिले हेर्दा के पाउनु हुन्छ ?
अहिले डिजिटलाईज भएपछि धेरै कुरा परिर्वतन भएको छ । पहिला वान टेक वके भए ठिक थियो तर अहिले यो उल्टो नै भएको छ । जति सक्दो नयाँ प्रविधिको प्रयोग गर्न स्टाइल चाहिने भएका कारण यो पेशामा आउने हरुलाई पनि सजिलो नै भएको छ । पहिलेको अवस्था र अहिले हेर्ने हो भने त आकास र जमीनको परक भएको छ नी ।
नृत्य गरेर खान पुग्छ त अहिले ?
मजाले खान पुग्छ । नयाँ आउनेहरुलाई पनि अवसर छ जीविकोपार्जनको लागि यो एक पेशा नै भएको छ ।
अहिले तपाईको दैनिकी कसरी चलेको छ ?
दैनिकी नै अहिले नृत्यमा वितको छ । महिनको कम्तीमा २ वटा चलचित्र । ५ देखि ६ वटा म्युजिक भिडियो आउने गरेका छन् भ्याउन नै मुस्कील हुने गरेका छ ।
किन त तपाईलाई यती धेरै अफरहरु ?
अरुले एउटा गितको लागि ५ देखि ७ दिन लगाउँछन् तर म त्यही काम २ दिनमा सक्छु । यस हिसाव प्रोडुसरको पैसा पनि जोगीने भयो अनी त काम पाउन सहज भईहाल्छ नी । नयाँ नयाँ आएका कलाकारहरुलाई पनि अजयले भने रिजाउन सक्छ भन्ने भएका कारण अनी पहिला पहिला मैले एकै दिनमा पनि दुई तीनवटा सम्म पनि गीत सकेको छु ।
कहिलेबाट प्रख्याती पाउनु भयो त ?
भोजपुरी चलचित्रको आईटम डान्स कारण म राइजमा आएँ यसैको प्रभाव स्वरुप मुल धारका चलचित्रमा पनि भ्याईनभ्याई नै भयो । इमान्दारी लगनशिल भएका कारण पनि यो पेशामा सवैले पत्याउँदा रहेछन् भन्ने थाहा भयो । यो भन्दा ठुलो प्रख्याती के होला र ।
पारिश्रमिकको हिसावले यो पेशा कतीको ठिक छ त ?
पहिला त कामै नलाग्ने पेशा हो । अहिले भने समयले परिर्वतन भएको छ घर चलाउन सकिन्छ । यो पेशामा हाल बाँच्न सकिन्छ ।
हाल सम्म काम गरेकोमा आफु सन्तुष्ट भएको पक्ष के छ ?
भारतमा प्रति दिन ३५ सय भारुको कमाइ छोडेर नेपाल केहि गर्छु भनी २०५६ सालमा आउँदा हालत खराब नै भयो क्यासिनोमा नाच्ने , होटलहरुमा राती राती नाच्ने गरेर नेपालमा टिकी रहेको थिएँ । हाल विभिन्न गीत संगीत एवं चलचित्रहरुमा ब्यस्त छु । यसको सिलसिला सिरिमा सिरीबाट भएको हो । र आज जुन अवस्थामा छु त्यसमा नै सन्तुष्ट छु । पैसा भन्दा ठुलो नाम पायको छु यो नै उपलब्धी सम्झेको छु ।
यसमा लागेर उपलब्धी भने के भय त ?
६ पटक सम्म उत्कृष्ठ नृत्य निर्दैशक ,( २ पटक अल इन्डीया भोजपुरी तथा मैथली फिल्म अवार्ड , २ राष्ट्रिय बक्स अफिस फिल्म अवार्ड , १ पटक डि सिने अवार्ड , १ पटक तामाङ फिल्म एण्ड म्युजिक अवार्ड ) पाउन सफल भएको छु । काममा ब्यस्त छु यो नै उपलब्धी हुन् भन्ने सम्झन्छु ।
अन्तमा के भन्न चाहनुहुन्छ ?
नृत्य पेशा अंगालेर पहिलोको जस्तो भोक भोकै बस्नु पर्ने अवस्था भने छैन तर आधुनिकता सँग भने फाइट गर्न सक्नु पर्यो नयाँ पन हुनु पर्यो नयाँ आउने हरुले पनि नयाँ पन दिन सकेका खण्डमा यो पेशा राम्रो रुपमा लिन सकिन्छ । नयाँ आउनेहरुलाई नआत्तिकन नयाँ पनका साथ आउन आग्रह गर्न चाहन्छु ।







































