रसुवा- नेपाललाइभ डटकमकी रसुवाका सम्वाददाता अनु आचार्य सम्मानित भएकी छिन्। १२औ राष्ट्रिय संरक्षण दिवसका अवसरमा लामटाङ राष्ट्रिय निकुञ्जले आयोजना गरेको एक कार्यक्रममा उनलाई कदरपत्रद्वारा सम्मान गरिएको हो।
लामटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको जैविक विविधता संरक्षण तथा व्यवस्थापन कार्यमा पत्रकारिता मार्फत् गरेको योगदानको उच्च मूल्यांकन गर्दै कदरपत्रद्वारा सम्मान गरिएको उल्लेख छ।
निकुञ्जले आचार्यसँगै कान्तिपुर दैनिकका बलराम घिमिरे र नागरिक दैनिकका जिल्ला संवाददाता हिमनाथ देवकोटालाई कदरपत्रद्धारा सम्मान गरेको हो।





































