नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सरेर दिउँसो १ बजे बस्ने

0

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको बैठक दिउँसो १ बजे बस्ने गरी सारिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू तथा सातै प्रदेशका सभापतिहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ ।

कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन जारी रहेको सन्दर्भमा बैठक बोलाइएको हो । बैठकमा विशेष महाधिवेशनसँग सम्बन्धित विषयसहित समसामयिक राजनीतिक अवस्था बारे छलफल तथा आवश्यक निर्णय हुने बुझिएको छ ।

615219451_1449792389841677_6377054301732122044_n