नेपाली समयअनुसार विश्वकप खेल तालिका, कुन टिमको कहिले खेल?

675

मस्को– फुटबलको कुम्भ मेला ‘फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८’ आउँदो जेठ ३१ गतेबाट रसियामा सुरु हुँदैछ।

३२ टिमको सहभागिता रहने प्रतियोगिताका लागि सबै टिमले तयारी अन्तिम चरणमा पुर्‍याएका छन्। विश्वकपका लागि सबै देशले अन्तिम टिम घोषणा गरिसकेका छन्। टिमहरु रसिया पुग्ने क्रम पनि सुरु भइसकेको छ।

रसियाका ११ सहरका १२ रंगशालामा हुने प्रतियोगितामा छनोट भएका ३२ टिमलाई ८ समूहमा विभाजन गरिएको छ। ३२ टिमबीच ६४ खेल हुनेछ। उद्घाटन खेलमा आयोजक रसिया र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुँदैछ।