भक्तपुर । नेपाल राष्ट्रिय तामाङ घेदुङद्दारा गैसस महासंघका नव निर्वाचित अध्यक्ष जितरामा लामा सम्मानित हुनु भएको छ ।
भक्तपुरमा आयोजित एक कार्यक्रममा उहाँ सम्मानित हुनु भएको हो ।

कार्यक्रममा नेपाल राष्ट्रिय तामाङ घेदुङका अध्यक्ष विरवहादुर योञ्जनले लामालाई सफल कार्यकालको शुभकामना दिदै हामी सवैको साझा हुन् सक्नु पर्ने बताउनुभयो । सिङ्गो राष्ट्रमा भएका गैर सरकारी संस्थाहरुलाई एक जुट गराएर आगामी दिनमा देशको विकासमा योगदान पुञ्याउन आफू सफल हुनु भन्दै लामालाई उहाँले सम्मान गर्नुभयो ।
सम्मानित हुने गैसस महासंघका नव निर्वाचित केन्द्रिय अध्यक्ष जितराम लामाले आफू सम्पूर्ण राष्ट्रको सेवामा हरदम लागि पर्ने बताउनुभयो । 
कार्यक्रममा नेपाल राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविन लामा, नेपाल तामाङ युवा घेदुङका उपाध्यक्ष संगम लामा, रेडियो नेपालका पत्रकार एवं आर्जे सूर्य मोक्तान, नेपाल राष्ट्रिय तामाङ घेदुङका संगठन विभाग प्रमुख विकास ब्लोन लयायतका अतिथिले लामालाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।







































