ललितपुर । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय सभाको विशेषमहाधिवेशन, गोदावरी ललितपुरमा सनिवार देखि सुरू भएकाे छ । फागुन १८ र १९ को लागि आयोजितयो महाधिवेशन नेपाल रेडक्रसको इतिहासमै पहिलोविशेष महाधिवेशन हो ।
विशेष महाधिवेशनको उद्घाटन गर्दैै नेपाल रेडक्रस साइटीका अध्यक्ष संजीव थापाले बैधानिक विषयमानिर्णय गर्दा संस्थाको सुदूर भविष्यलाई असर पर्नसक्नेभएकोले एकमत हुन र निकास दिन केन्द्रीय महाधिवेशनआव्हान गरिएको बताउदै भन्नुभयो, “नेपाल रेडक्रससोसाइटीको ४७ औं महाधिवेशनले गरेको विधानको १७औं संशोधनलाई प्रमाणीकरणका लागि जिल्ला प्रशासनकार्यालय काठमाडौंमा पठाएपछि थप संशोधनसहितस्विकृती र निर्देशनात्मक पत्र आएकोले विधानकोनियमित कार्यान्वयनमा अन्योलता छायो । विधानकार्यान्वयन गर्न असहज अवस्था आइपुगेकोले उपयुक्तनिकास लिन हामी विशेष महाधिवेशनमा आएका हौं ।”
महाधिवेशन शुभारम्भमा रेडक्रसको अन्तर्राष्टिय समिति(आइसीआरसी) नेपाल स्थित कार्यालयका प्रमुख आन्द्रेपाके Andre Paquet, रेडक्रसको अन्तर्राष्टिय महासंघ(आइएफआरसी) का प्रतिनिधि हारभे Herve GAZEAU, जापान, वेलायत, अष्टेलिया लगायत देशकारेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीका प्रतिनिधिहरुकोउपस्थिति रहेको थियो ।
नेरेसोका केन्द्रीय कार्यसमितिका पदाधिकारी रसदस्यहरु, मुलुकका सवै प्रदेश र ७३ जिल्लाकार्यसमितिहरुबाट आउनुभएका प्रतिनिधि तथापर्यवेक्षकहरु, रेडक्रस केन्द्रीय सभासद्हरू गरी २७०जनाको उपस्थिति रहेको छ ।
मानवीय कार्यमा नेपाल रेडक्रससँग मिलेर कामगरिआएको बताउँदै आइसीआरसीका नेपाल प्रमुखआन्द्रे पाकेले रेडक्रस अभियानका अंगहरु स्वतन्त्रभएको र आफ्नो निर्णय आफैं गर्नेसक्ने बताउनुभयो ।नेपाल रेडक्रस एनजिओ नभएर रेडक्रस अभियानकोएक अंग भएकोले रेडक्रस कानुन बनाउनका लागिनेपाल सरकारसँग समन्वय वढाउन लागि आग्रह गर्नुभयो।
रेडक्रसको अन्तराष्ट्रिय महासंघ (आइएफआरसी)कानेपाल प्रतिनिधि हार्भे गजेउले रेडक्रसले प्रदान गर्ने मानवीय सेवा अझै प्रभावकारी र दिगो बनाउन विशेषमहाधिवेशन सहयोगी बन्ने बताउनुभयो । उहाँले नेपालसरकारसँग मानवीय सेवाका अनुकुलित वातावरण रकानुनको लागि सदैव पैरवी गर्नुपर्नेमा जोडदिनुभयो ।
महाधिवेशनका सहभागीहरुलाई नेपाल रेडक्रससोसाइटीका महामन्त्री देवरत्न धाख्वाले स्वागतगर्नुभएको थियो । यसैगरी सोसाइटीका उपमहामन्त्रीहरिप्रसाद न्यौपानेले उद्घाटन सत्रलाई सञ्चालनगर्नुभएको थियो ।
शनिवार देखि नै सेसनको बन्द सत्र सुरु भएको छ ।







































