नेसनल प्याव्सन भक्तपुरको आयोजनामा अन्तर विद्यालय खेलकूद प्रतियोगिता–२०८२ यही मंसिर १५ गतेदेखि सुरु हुँदैछ । सदस्य विद्यालयहरूबीच आयोजना हुने प्रतियोगितामा विभिन्न रमाइलो तथा प्रतिस्पर्धात्मक खेलहरू समावेश गरिएको छ ।
प्रतियोगितामा माध्यमिक तथा आधारभूत तहका छात्र फुटसल, माध्यमिक तहसम्मका छात्राहरूको भलिबल, माध्यमिक तहसम्मका छात्रहरूको टेबल टेनिस तथा माध्यमिक तहसम्मका छात्र–छात्राको छुट्टाछुट्टै व्याडमिन्टन प्रतियोगिता सम्पन्न गरिने जानकारी नेसनल प्याव्सन भक्तपुरका जिल्ला कार्यसमिति सदस्य एवं खेलकूद मेलाका संयोजक अनिश राईले दिनुभएको छ ।
यस प्रकारको खेलकूद गतिविधिले विद्यार्थीहरूलाई शारीरिक तथा मानसिक रूपमा सुदृढ बनाउनुका साथै खेलप्रति बढ्ने रुचिले भविष्यमा राष्ट्रका लागि उत्कृष्ट खेलाडी उत्पादन हुन सक्ने विश्वास नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले व्यक्त गर्नुभएको छ ।
खेलकूद प्रतियोगिता मंसिर १५ गते सुरु भई मंसिर १८ गते विजयी विद्यार्थी खेलाडीहरूलाई पुरस्कार वितरण गर्दै समापन गरिनेछ ।






































