काठमाडौं । सामुदायीक प्रहरी सेवा केन्द्र नयाँबानेश्वर १० को पहलमा सोही वडाको फूलचोकीमार्गमा रहेको पारिजात विद्याकुञ्जमा प्रहरी—विद्यालय समन्वय समिति गठन गरिएको छ ।
सामुदायीक प्रहरी सेवा केन्द्रका इन्चार्ज, प्रहरी हवल्दार तारानाथ दयालका अनुसार विद्यालयकी प्रिन्सिपल राधिका कार्कीको संयोजकत्वमा शनिबार ११ सदस्यीय समन्वय समिति गठन गरिएको हो ।
समितिको सदस्य सचिवमा महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्र.ना.नि. सुरेन्द्रविक्रम वर्ताैला सदस्य सचिव छन भने सदस्यहरुमा अभिभावकद्धय आनन्दबहादुर रिखामगर र मिरा पोखरेल, शिक्षक नितिमा महत र निमता भण्डारी, विद्यार्थीहरु स्विकृति चौधरी, एलिना श्रेष्ठ, कुशल कार्की र सन्दिप मगर, सामुदायीक प्रहरी सेवाका प्र.ज.उमेश कार्की छन ।







































