पुस ११ र १२ गते सामुदायिक विद्यालय ठप्प पारिने

1833

जनकपुर– वर्षौंदेखि काम गर्दै आइरहेका अस्थायी शिक्षकहरूलाई कुनै बहानामा विस्थापित गर्न नहुने भन्दै संयुक्त शिक्षक संघले पुस ११ र १२ गते प्रदेश २ का सम्पूर्ण सामुदायिक विद्यालय ठप्प पार्ने घोषणा गरेको छ।

विज्ञापनको बहानामा सरकारले आफूहरुलाई विस्थापित गर्न खोजेको आरोप लगाउँदै  उनीहरु विरोधमा उत्रेका छन्।

उनीहरुले शिक्षक सेवा आयोगले सम्झौता विपरित प्रश्न सोधेर आफूहरुलाई विस्थापित गर्ने षडयन्त्र गरेको आरोप लगाए।

आयोगले लिएको परीक्षाको परिणामसमेत आइसकेको छ। विज्ञापन उत्तीर्ण गरेका अस्थायी शिक्षकहरूलाई यथावत राख्दै अनुतीर्ण भएकाहरूलाई सरकारले गोल्डेन ह्याण्डसेक उपलब्ध गराउने निर्णय गरेको छ।

तर, शिक्षकहरूको संगठनले भने विज्ञापनको नाउँमा सरकारले आफूहरुलाई धोका दिएको आरोप लगाएका छन्।

प्रदेश २ का आठै जिल्लामा सक्रिय विभिन्न शिक्षक संगठनहरुको आज जनकपुरमा सम्पन्न अन्तरक्रियाबाट पहिलो चरणमा दुई दिन विद्यालय बन्द गर्ने निर्णय भएको नेपाल शिक्षक संघ धनुषाका अध्यक्ष राम स्नेही यादवले जानकारी दिए।