Home समाचार पुस १२ र १४ गते मध्यपुरमा सार्वजनिक विदा
भक्तपुर । मध्यपुर थिमी नगरपालिकाले पुस १२ र १४ गते सार्वजनिक विदा दिने भएको छ ।
मध्यपुर थिमि नगरपालिकामा मध्यपुर महोत्सव २०८१ को अवसरमा सार्बजनिक बिदा दिने भएको हो ।
नगरपालिकाले एक सूचना जारी गरी नगरपालिका क्षेत्र भित्रका कला, संस्कृति, सम्पदा र पेशाको प्रभावकारी प्रवर्द्धन मार्फत आर्थिक समृद्धि एवम् पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यका साथ मिति २०८१ पुष १२, १३ र १४ गते हुने महोत्वसलाई लक्षित गर्दै सार्वजनिक विदा दिने भएको हो ।
“मध्यपुर महोत्सव २०८१” हुन गईरहेको हुँदा पुष १२ र १४ गते मध्यपुर थिमि नगरपालिका र मातहतका कार्यालयहरु एवं शैक्षिक सस्थाहरुमा सार्बजनिक बिदा हुने नगरपालिकाले जानकारी दिएको छ ।
Related