प्रचण्डका लागि अमेरिकामा ‘नो इन्भेस्टिगेसन सर्कुलर’

190

अमेरिका भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालका लागि अमेरिकी सरकारले नो इन्भेस्टिगेसन सर्कुलर जारी गरेको छ।

श्रीमती सीता दाहालको उपचारका लागि अमेरिकामा रहेका प्रचण्डका लागि अमेरिकी सरकारले आफ्ना निकायहरूमा नो इन्भेस्टिगेसन सर्कुलर जारी गरेको नेपालका लागि अभेरिकी दूतावासले जनाएको छ।

प्रचण्डको अमेरिका भ्रमण शुरु हुनुअघि नै अमेरिका स्थित नेपाली दूतावास र नेपाल स्थित अमेरिकी दुतावासको सहकार्यमा अमेरिकी सरकारले उनीविरुद्ध कुनै पनि प्रकारको अनुसन्धान नगर्ने सर्कुलर जारी गरेको हो। दूतावास स्रोतका अनुसार यो कामका लागि  नेपाली राजदूत डा. अर्जुनबहादुर कार्की र नेपाका लागि अमेरिकी राजदूत रेन्डी बेरीले पहल गरेका थिए।

सोमबार अमेरिका पुगेका प्रचण्डले श्रीमती सीताको उपचार गराइरहेका छन।

जनयुद्धका घटनामा दोषी रहेको भनेर तत्कालिन नेकपा माओवादीका अध्यक्षसमेत रहेका प्रचण्डलाई पक्राउ गरेर आतंकारी अपराधीको रूपमा कार्वाही गर्नुपर्ने उजुरी अमेरिकी प्रशासनमा परेको खबर सार्वजनिक भएका थिए। अमेरिकामा बस्ने नेपालीले त्यस्तो उजुरी हालेको सार्वजनिक भएको थियो।

Source link