मध्यपुर थिमि : भक्तपुर जिल्लाको परिश्चम क्षेत्रमा शैक्षिक, राजनीतिक र सामाजिक विकासमा अहम् भूमिकका निभाएका व्यक्तित्व बैकुण्ठ हरि श्रेष्ठको विचार र योगदानलाई प्रचारप्रसार गरी नयाँ पिंडीलाई पनि उत्प्रेरित गर्ने उद्देश्यले स्थापित बैकुण्ठ हरि श्रेष्ठ स्मृति प्रतिष्ठानको पाँचौ साधारण सभा सम्पन्न भएको छ ।
मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सो साधारण सभामा सम्बोधन गर्दै श्री श्रेष्ठले बैकुण्ठ हरि श्रेष्ठ स्मृति प्रतिष्ठानलाई राष्ट्रिय प्रतिष्ठानको रुपमा विकास गर्नु पर्ने बताउनु हुँदै नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा स्वास्थ्य सेवाको स्तरोन्नतीका लागि अस्पतालमा भएका केही बेथितिहरुलाई सुधार गरी अगाडि बढ्ने बताउनु भयो । साथै उहाँले मध्यपुर श्रेष्ठको खानेपानी वितरण प्रणालीलाई सबै स्थानमा सुधार गर्ने आवश्यक पहल भईरहेको तथा कमेरोटार जग्गा एकिकरण आयोजनामा पहिलादेखि सार्वजनिक जग्गा मिची बनाइएको घर, टहरा तथा शौचालय भत्काउन पटकपटक ताकेता गरी पत्राचार गरेता पनि अटेर गरी बसेकाले बलजप्mती भत्काउन परेको बताउनु भयो । प्रतिष्ठानका आजीवन सदस्य तारामान जोशीले बैकुण्ठ हरि श्रेष्ठको योगदान उजागर हुने रचनात्मक गतिविधि सञ्चालन गर्नु पर्ने बताउनु भयो । प्रतिष्ठानका आजीवन सदस्य एवं भक्तपुर जिल्ला समन्वय समितिका सदस्य उमेश श्रेष्ठले तथा हरिवहादुर केसीले बैकुण्ठ हरि श्रेष्ठले मध्यपुर क्षेत्रमा गर्नु भएको राजनीतिक, शैक्षिक र सामाजिक विकासमा गर्नु भएको योगदान बारे चर्चा गर्न भयो ।
अध्यक्षको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु हुँदै सभाका सभापति एवं प्रतिष्ठानका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले प्रतिष्ठानले गरेका विभिन्न कार्यक्रमहरुले गर्दा अहिले प्रतिष्ठानको लोकप्रियता बढेको र आप्mनो लक्ष्यभन्दा बढि अक्षयको स्थापना गर्न सफल भएको बताउनु हुँदै बैकुण्ठ हरि श्रेष्ठको वार्षिक जन्मजयन्तिको अवसर पारेर यस वर्ष देश र जनताको लागि योगदान पु¥याउने एक जना व्यक्तित्वलाई बैकुण्ठ हरि श्रेष्ठ स्मृति सम्मान–२०७५ प्रदान गरिने कुरा बताउनु भयो । प्रतिष्ठानका सचिव कृष्णमोहन जोशीले सञ्चालन गर्नु भएको सो कार्यक्रममा कोषाध्यक्ष दामोदर श्रेष्ठले आर्थिक प्रतिवेदन तथा कार्यसमिति सदस्य हरिवहादुर श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए ।
सोही साधारण सभाको सर्वसम्मतीबाट श्यामकृष्ण श्रेष्ठकै नेतृत्वमा रहेको कार्यसमितिलाई नै अर्काे चार वर्षको लागि कार्यभार दिएको छ भने महिला कार्यसमिति सदस्यमा सुलोचना बज्राचार्यको स्थानमा श्यामकेशरी श्रेष्ठलाई चयन गरेकोछ ।







































