काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको अधिकारको भएको बताएका छन् ।
संसदको विशेष वैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्री थप्न लागेको विषमा जवाफ मागेपछि प्रधानमन्त्री देउवाले प्रधानमन्त्रीले आवश्यकता अनुसार मन्त्रिमण्डल विस्तार गर्न पाउने बताएका हुन् ।
‘ यो संविधानमा यति उति संख्या भनिएको छैन । ’ ओलीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने,‘मन्त्रीको संख्या संक्रमणकाल पछिको अवस्थामा मात्र हो ।’
प्रधामन्त्री देउवाले ओलीलाई नै प्रश्न गरे,‘ प्रधानन्त्रीले मन्त्री थप्न पाउँदैन ?’
प्रधानमन्त्री देउवाले निर्वाचन आयोगका प्रमुख आयुक्तले सरकारले मन्त्री थप्ने विषयले आचारसंहिता उल्लंघन नहुने बताएपछि मन्त्रिपरिषद् विस्तार भएको बताए ।
देउवाले राष्ट्रपतिले संवैधानिक राष्ट्रपतिको भूमिका चालेको भन्दै धन्यवाद दिए ।
प्रधानमन्त्री देउवाले निर्वाचनमा होमिन सवै जनतामा प्रधानमन्त्रीले आग्रह गरे । लोकतान्त्रको रक्षाका लागि सरकार दृढ रहेको प्रधानमन्त्री देउवाले प्रतिवद्धता जारी गरे ।
उनले आशंकाका बीच आफू नेतृत्वको सरकारले निर्वाचन सफलता पूर्बक रुपमा भएको बताए ।
उनले मधेसी जनताको मागलाई संम्बोधन गर्न संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गरेको विषयलाई स्मरण गर्न देउवाले आग्रह गरे ।
समय क्रममा जनताका असन्तुष्टिलाई सम्बोधन गर्न र संविधानलाई अझ राम्रो बनाउन आगामी दिनमा संविधान संशोधन र परिमार्जन गर्दै जान आफ्नो दल तयार रहेको उनले बताए ।







































