प्रधानमन्त्री भियतनाम र कम्बोडिया जाने

298

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी चीनबाट फर्केलगत्तै प्रधानमन्त्री केपी ओली कम्बोडिया र भियतनामको औपचारिक भ्रमणमा निस्कने भएका छन् ।

वैशाख अन्तिम साता प्रधानमन्त्री दुई मुलुकको भ्रमणमा जान लागेको परराष्ट्र अधिकारीले बताए ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणबारे गृहकार्य भइरहेको बताए ।