बम विष्फोटबाट घाइते म्यादी प्रहरीको मृत्यु

317

काठमाडौं- अज्ञात समुहको बम विष्फोटबाट  घाइते भएका म्यादी प्रहरी विनोद चेोधरीको मृत्यु भएको छ ।
दाङको तुलसीपुरमा मंगलबार अपरान्ह भएको बम बिस्फोटमा परी उनी घाइते भएका थिए ।
घाइते भएका चेोधरीको उपचारका क्रममा बुधबार बिहान  कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको  दाङका प्रहरी प्रमुख एसपी दुर्गा सिँहले जानकारी दिए ।

बम बिस्फोटबाट घाइते भएका अरु तीनजनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । यस्तै अन्य पाँचजनाको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।