काठमाडौँ । बागमती प्रदेशसभा अन्तर्गत शिक्षा, स्वास्थ्य उपसमितिका सदस्यहरू बागमती प्रदेश अन्तर्गत सिन्धुली र रामेछाप जिल्लाको अवलोकन भ्रमणमा रहनुभएको छ ।
प्रदेशको शिक्षा, स्वास्थ्य तथा कृषि समिति अन्तर्गत बनेको शिक्षा स्वास्थ्य उपसमितिका पदाधिकारीहरू प्रदेशमा शिक्षा स्वास्थ्य तथा कृषिमा भएका काम र आगामी दिनमा के कस्ता आवश्यकता रहेका छन् भन्ने अध्ययन गर्नका लागि सिन्धुली र रामेछाप जिल्ला पुगेको हो ।
शिक्षा स्वास्थ्य उपसमितिका अध्यक्ष एक लाल श्रेष्ठको नेतृत्वमा वैशाख १६गते सिन्धुली जिल्लाको जनस्वास्थ्य कार्यालय, कृषि विकास कार्यालय, पशु सेवा कार्यालय, शिक्षा कार्यालयहरूको अवलोकन गर्दै जिल्लामा शिक्षा स्वास्थ्य एवं पशु विकासमा भएका काम कारबाहीको विषयमा जानकारी लिनुभएको उपसमितिका संयोजक एकलाल श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय मार्फत जिल्लामा सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था एवं अस्पताहरुको विषयमा जानकारी लिँदै यहाँ भएका सेवा सुविधा एवं स्वास्थ्यमा नागरिकको पहुँच कस्तो छ खोपको अवस्था विभिन्न सर्ने रोग र नसर्ने रोगका विषयमा जनस्वास्थ्य कार्यालयले के कस्तो काम गरी रहेको छ र यहाँ अव के आवश्यक छ भन्ने विषयमा जानकारी लिइएको बताउनुभयो । यस्तै जिल्लामा कृषिको अवस्था उत्पादन बढाउन के आवश्यक छ तथा यहाँका उत्पादनलाई बजार सम्म पुञ्याउन के कस्ता कठिनाइ तथा यहाँका पशु उपजको उत्पादन र बजारको विषयमा पशु तथा कृषि कार्यालय मार्फत जानकारी लिइएको उहाँले बताउनुभयो ।
यस्तै जिल्लामा सञ्चालित अस्पतालहरूको समेत उपसमितिले अवलोकन गर्दै त्यहाँको अवस्था भई रहेको सेवा सुविधा तथा थप गर्नु पर्ने सेवाका विषयमा जानकारी लिइएको समेत श्रेष्ठले जानकारी दिनुभयो ।
उपसमितिले जिल्लामा शिक्षाको अवस्था कस्तो छ भन्ने विषयमा समेत शिक्षा कार्यालय तथा शैक्षिक संस्थाहरूको अवलोकन गर्दै जानकारी सङ्कलन गरेको थियो ।
शिक्षा विकास, स्वास्थ्यमा नागरिकको पहुँच कस्तो छ कृषि पशुपालन यसको बजारको अवस्था कस्तो छ, नागरिकका दैनिक उपभोगका समान तथा कृषि उपजहरूको विषय अध्ययन अवलोकन गर्नका लागि आफूहरू बागमती प्रदेशका दुई जिल्लाहरूको अध्ययन अपलोनमा निस्केको बागमती प्रदेश सभा सदस्य एवं समितिका सदस्य सुरेश श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार शिक्षा स्वास्थ्य तथा कृषि समितिमा आउने विभिन्न विद्ययक तथा विभिन्न छलफलको विषय बस्तु र प्रदेशमा नागरिकको आवश्यकता के भन्ने विषयमा प्रदेशसभा सदस्यहरू जानकार भए मात्र नागरिकलाई आवश्यकताका विषयमा समितिमा छलफल भई प्रदेश सभामा लैजान सकियोस् भन्ने हेतुले आफूहरू अध्ययन अवलोकनमा निस्केको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज अर्थात् वैशाख १७ गते रामेछाप जिल्लाको अध्ययन अवलोकन गरिने समेत जानकारी दिनुभयो ।









































